हाइकभिजनलाई कालोसूचीमा राख्ने तयारी गर्दै अमेरिका « Khabarhub

हाइकभिजनलाई कालोसूचीमा राख्ने तयारी गर्दै अमेरिका


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– अमेरिकाले चिनियाँ प्राविधिक कम्पनी हुवावेलाई जस्तै अर्को चिनियाँ प्राविधिक कम्पनीलाई पनि कालोसूचीमा राख्ने तयारी गरिरहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार अमेरिकाले चिनियाँ भिडियो सर्भिलान्स कम्पनी हाइकभिजनलाई पनि कालोसूचीमा राख्ने तयारी गरिरहेको हो । यसअनुसार अमेरिकी कम्पनीले हाइकभिजनसँग कारोबार गर्न सरकारको अनुमति चाहिनेछ ।

यसअघि अमेरिकाले हुवावेलाई कालोसूचीमा राखेपछि अमेरिकी इन्टरनेट कम्पनी गुगलले हुवावेसँग कारोबार नगर्ने घोषणा गरिसकेको छ ।
त्यसबाहेक हालै बेलायतका दुई दूरसञ्चारकम्पनीहरु ईई र भोडाफोनले हुवावेको पाचौं पुस्ताको फाइभजी मोबाइल इन्टरनेट सेवा उपलब्ध नगराउने घोषणा गरिसकेका छन् ।

हाइकभिजनले क्लोज सर्किट क्यामेरा सीसीटीभी तथा थर्मल र ट्राफिक क्यामेराको निर्माण गर्ने गरेको छ । हाइकभिजनका उपकरणबाट मानिसहरुको गोपनियताको अधिकार हनन हुने तथा गोप्य जानकारी चीन सरकारको नियन्त्रणमा जानसक्ने भन्दै यसअघि पनि प्रश्न उठ्दै आएको थियो ।

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  ९ : ०३ बजे

‘कमेडी दरबार’: हिमेश-उत्सव निक्लिए, सन्तोष-जिम्बा थपिए

काठमाडौं – बिक्की अग्रवालको ‘कमेडी दरबार’ तेस्रो सिजनमा आइपुग्दा जज

सडक क्षेत्रका अवैध संरचना हटाइँदै नेपालगञ्ज उपमहानगरपालिका

नेपालगञ्ज– नेपालगञ्जको मुख्य सडक क्षेत्रमा फुटपाथ निर्माण गर्न अवैध रूपमा निर्माण

वर्षाले गहुँबाली भिजाउँदा किसान चिन्तित

कञ्चनपुर– आज दिउँसोदेखि परेको वर्षाले कञ्चनपुरका किसान प्रभावित भएका छन्

शान्ति सैनिकको सुरक्षा सुनिश्चित गर्न आग्रह

एजेन्सी– लेबनानमा गत हप्ता तीन इन्डोनेसियाली शान्ति सैनिकको मृत्युको सम्भावित कारण