म्याथ्युजले ८५ रन जोड्दा इंग्ल्याण्ड पराजित « Khabarhub

म्याथ्युजले ८५ रन जोड्दा इंग्ल्याण्ड पराजित


७ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा इंग्ल्याण्ड श्रीलंकासँग पराजित भएको छ । शुक्रबार राति सकिएको खेलमा इंग्ल्याण्ड श्रीलंकासँग २० रनले पराजित गरेको हो ।

२३३ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड ४७ ओभरमा २१२ रन बनाउँदा अल आउट भयो । उसका लागि बेन स्टोक्सले ८२, जोए रुटले ५७ तथा कप्तान इयान मोर्गनले २१ रन बनाए पनि हार टार्न सकेनन् । श्रीलंकाका लासिथ मालिंगाले चार, धनन्जय डी सिल्भाले तीन तथा इसुरु उडानाले दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २३२ रन जोड्यो । उसका लागि एन्जेलो म्याथ्युजले सर्वाधिक ८५ रन बनाए ।

यस्तै अभिषेक फर्नान्डोले ४९, कुशल मेन्डिजले ४६ र धनन्जय डी सिल्भाले २९ रन जोडे । अन्य ब्याट्म्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

इंग्ल्याण्डका जोफ्रा आर्चर र मार्क उडले समान तीन विकेट लिए । अदिल रशिदले दुई र क्रिस वोक्सले एक विकेट हात पारे ।

प्रकाशित मिति : ७ असार २०७६, शनिबार  ८ : ४३ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले