‘हिमाल चढ्न मनोवैज्ञानिक र शारीरिक तयारी चाहिन्छ’ « Khabarhub

‘हिमाल चढ्न मनोवैज्ञानिक र शारीरिक तयारी चाहिन्छ’



काठमाडौं-पर्वतारोहणको तीब्र अभिलाषा र जीवनका हरेक आयामलाई अझ सुन्दर बनाउने चाहना-यी दुई शक्तिले ३९ वर्षे आरोही मोजिज फिआमोन्चिनीलाई अघि बढ्ने प्रेरणा दिइरहेको छ।

६ वर्षसम्म पोर्चुगलको बसाईपछि यी पूर्व व्यापारिक प्रशासकले संसारलाई नजिकबाट नियाल्ने निधो गरी आफ्ना झिटिगुण्टा बोकेर निस्के।

संसारलाई अझ नजिकबाट नियाल्ने उनको अभियान निरन्तर जारी छ। सोही अनुसार उनले हालसम्म ८० भन्दा धेरै मुलुकको भ्रमण गरिसकेका छन् भने बेलायत, क्यानाडा, फ्रान्स र नेपालमा बसोबास गरिसकेका छन्।

कोही मानिसले सक्नेजति र भ्याएसम्मका सबै हिमाल उनले आरोहण गरिसकेका छन्। विभिन्न मुलुकको भ्रमण, विभिन्न क्षेत्रको अनुभवसँगै उनका हितौषीहरु पनि धेरै नै छन्।

दक्षिण अमेरिकी मुलुक ब्राजिलको पाराना राज्यमा जन्मेका उनको प्रकृतिप्रति निकै लगाव छ। उनी योग, साधना र अध्ययनप्रति पनि उत्तिकै रुची राख्छन्। नयाँ स्थानको लोकसंस्कृति तथा भोजन संस्कृतिबारे पनि उनी उत्तिकै चासो राख्ने गर्छन्।

उनले अघिल्लो वर्षको सेप्टेम्बर महिनामा विश्वका आठौं अग्लो शिखर मनास्लुको सफल आरोहण गरिसकेका छन् भने यसै सिजनको मे २३ मा सगरमाथाको पनि आरोहण गरिसकेका छन्।

उनले कोही सहयोगी र अक्सिजनको सहाराबिनै ल्होत्से हिमालको आरोहण गरिसकेका छन्।
बाल्यकालमा सुनेका पराक्रम र सहासका अनेक रोचक कहानीहरु उमेर बढ्दै गएपछि सामान्य लाग्दै जान्छन्।

जीवनका त्यस्ता केहीक्षण हुन्छन्, जसले जीवनभर गहिरो छाप छाड्ने गर्छ। हाम्रा जीवनयात्राका गहन अनुभवले आफ्नै जीवन तथा आफ्ना नजिकका मानिसहरुलाई प्रभाव पारिरहेको हुन्छ।

मोजिज फिआमोन्चिनीको कहानी पनि त्यस्तै छ। सानै उमेरदेखि नै उनको सहासिक जीवन जीउने र नयाँ ठाउँको खोजी गर्ने उनको धोको थियो। उनको त्यो धोको विश्वको आठौं अग्लो शिखर मनास्लु आरोहण गरेपछि पूरा भएको थियो। उनी भन्छन्, ‘म सानै थिएँ, सायद मेरो उमेर त्यसबेला १० वर्षको थियो होला मैले मेरा केही साथीहरुलाई भेला पारेर मेरा घरनजिकको पहाड आरोहण गर्ने अभियान थालेको थिएँ।

जब म त्यस पहाडको चुचुरोमा पुगेँ, मलाई त्यो क्षितिज पारी के होला भन्ने जिज्ञासा शुरु भयो। त्यही बेला मलाई यात्री बन्ने रहर जाग्यो।’

उमेर बढ्दै गएपछि पनि उनलाई त्यस अभिलाषाले छाडेन। कार्यालयमा काम गरिरहेका बेला पनि यात्रा गर्ने चाहनाले उनलाई सताइरहेको हुन्थ्यो। उनी कार्यालयका कामबाट मुक्त भएर आफ्नो अभिलाषा पूरा गर्ने ध्याउन्नमा हुन्थे।

जीवनमा सोचेजस्तो केही पनि हुन्न। तैपनि सन् २००८ मा उनले आफ्नो बाल्यकालको सपनालाई पूरा गर्न अघि बढ्ने निर्णय गरे। उनले यात्री र पर्वतारोही बन्ने लक्ष्य लिन शुरु गरे। समयक्रमसँगै उनले विभिन्न मुलुकको भ्रमण गरे, नयाँ नयाँ सँस्कृतिको अनुभव गरे।

उनी गुम्बामा समेत बसे। पदयात्रा गरे, समुद्री छालमा रमाए र अन्त्यमा सन् २०१८ मा मनास्लुको आरोहण गरे।

समयक्रमसँगै उनले विश्वभर आरोहण र पदयात्राको अनुभव संगालेका छन्। उनले विश्वका अति दुर्गम क्षेत्रको पनि भ्रमण गरेका छन् र विविध संस्कृतिको अनुभव गरेका छन्। उनी लापरवाही र अव्यवस्थित छैनन्। उनको अव्यवस्थित गन्तव्यको यात्रा भने एकदमै व्यवस्थित हुने गरेको छ।

उनी यात्री हुन् तैपनि उनको यात्राका क्रममा कुनै निश्चित बाटो र गन्तव्य हुँदैन। उनी आधुनिक जीवनशैलीका फिरन्ते हुन्। उनले आफ्नो यात्रा शुरु गरेको ११ वर्ष भइसकेको छ।

उनको आफ्नो घर छैन, उनका लागि यो असिम ब्रह्माण्ड नै उनको घर हो। उनी भन्छन्, ‘कुनै फगत कल्पनाले मात्रै तपाईलाई हिमाल चढ्ने प्रेरणा दिँदैन। हिमाल चढ्न ठूलो मनोवैज्ञानिक र शारीरिक तयारी चाहिन्छ।’

प्रकाशित मिति : ७ असार २०७६, शनिबार  १० : ०६ बजे

साउदी राजधानी रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अवरूद्ध

रियाद- साउदी अरबको राजधानी रियादको अन्तर्राष्ट्रिय विमानस्थल नजिक शनिबार कालो

सुनसरीको देवानगञ्जमा गोली चल्दा घाइते भएका यादवको विराटनगरमा उपचार जारी

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिकामा गोली चल्दा एक जना घाइते भएका

संविधान दिवसका अवसरमा साइकल र्‍याली

काठमाडौं- संविधान दिवसको अवसर पारेर बाढीपहिरो प्रभावितको सहयोग तथा वातावरण

अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान

काठमाडौं- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भारतीय लगानीकर्ता, उद्योगी तथा व्यवसायीलाई

एनपीएलको खेल तालिका सार्वजनिक

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको