३ महिनापछि कांग्रेसको केन्द्रीय समिति बैठक : राजनीतिक एजेन्डा अन्तिम प्राथमिकतामा | Khabarhub Khabarhub

३ महिनापछि कांग्रेसको केन्द्रीय समिति बैठक : राजनीतिक एजेन्डा अन्तिम प्राथमिकतामा


७ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसले आगामी २२ गते केन्द्रीय समितिको बैठक डाकेको छ।  ३ महिनापछि बस्न लागेको केन्द्रीय समिति बैठकमा मुलतः चारवटा एजेण्डा तय भएका छन्। मुख्यसचिव कृष्णप्रसाद पौडेलले चारवटा एजेण्डा मध्ये समसामयिक राजनीतिमाथिको छलफल चौथो बुँदामा राखिएको जानकारी दिए।

पहिलो एजेण्डाका रुपमा कांग्रेसले पार्टीको विधान अन्तर्गत रहेर तयार पारिएको नियमावलीको मस्यौमा माथिको छलफललाई राखेको छ। गत चैतमा पार्टीको नियमावली तयार पार्नका लागि केन्द्रीय समिति बैठकले केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा नियमावली  मस्यौदा समिति गठन गरेको थियो। विधानको कार्यान्वयन, अनुशासनको परिपालना, पार्टीका कार्यक्रम र गतिविधि संचालन तथा अधिवेशन तथा निर्वाचनहरु सञ्चालन गर्नका लागि अत्यावश्यक नियमावलीलाई त्यही केन्द्रीय समितिबाट पारित गरी लागू गर्ने कांग्रेसको तयारी छ।

केन्द्रीय समिति बैठकको दोस्रो एजेण्डाका रुपमा कांग्रेसले राष्ट्रिय जागरण अभियानको समीक्षालाई राखेको छ। गत बैशाख २५ मा शुरु गरेर जेठ २५ सम्म सञ्चालन भएको जागरण अभियानमा नागरिकबाट पाएका सन्देश, कार्यकर्ताको भूमिका तथा नेताहरुले जागरण अभियानका क्रममा देखाएको क्रियाशीलताका विषयमा जागरण अभियानमाको समीक्षामा गम्भीर छलफल हुने केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारी दिए।

कांग्रेसले तेस्रो बुँदामा राखेको एजेण्लाई महत्वका साथ लिएको छ। नेपाली कांग्रेसका भ्रातृ तथा सुवेच्छुक संस्थाका विधानलाई संघीय संचरना अनुरुपको प्रतिनिधित्व प्रणाली र निर्वाचनको व्यवस्था हुने गरी संशोधन गर्ने विषय पनि बैठकको एजेण्डामा परेको छ।

‘जति भ्रातृ तथा सुवेच्छुक संस्थाले संघीय संरचनाअनुरुप आफूलाई ढाल्न र विगतमा देखिएका कमिकमजोरी हटाउनेगरी विधानको मस्यौदा पेश गरेका छन् । तिनीहरुका विषयमा बैठकमा छलफल हुन्छ,’ केन्द्रीय सदस्य विश्वकर्माले भने, ‘सकेसम्म यही बैठकबाट ती विधानहरु पारित गरिने छ।’ विश्वकर्माले अब सबै संगठन अव संघीय संरचनामा जाने जानकारी दिए।

कांग्रेसले आम मानिसले समेत चासो राखेको समसामयिक राजनीतिक समीक्षाको विषय भने चौथो नम्बरमा राखेको छ। सरकारले एकपछि अर्को गर्दै ल्याएका विधेयकहरु विवादित मात्र बनिरहेका छैनन्, ती विधेयकहरु संविधान र नेपालको धर्मसंकृति र प्रेस स्वतन्त्रता र मानवअधिकारका विषयमासमेत प्रश्न उठाउने खालका छन्। त्यसविषयमा प्रतिपक्षको अडान, नागरिकसँग उसले गरेका अपेक्षा र नागरिक अपेक्षा पुरा गर्ने विषयमा प्रमुख प्रतिपक्षी दलको प्रतिवद्धता पनि अहिले नागरिकस्तरबाट खोजी भएरहेको छ। तर यही विषयलाई चै कांग्रेसले किन अन्तिम बुँदामा राख्यो त ? केन्द्रीय सदस्य विश्वकर्मा  कति नम्बर बुँदामा एजेण्डा पर्‍यो भन्ने विषय भन्दा एजेण्डा बन्यो कि बनेन भन्ने विषय महत्वपूर्ण हुने बताउँछन्।

‘बैठकका लागि तय भएका एजेण्डा जुनसुकै नम्बरमा परेपनि महत्वपूर्ण नै हुन्छन्,’ विश्वकर्माले भने, ‘सम्भवत समसामयिक राजनीतिमा गम्भीर बहस आवश्यक देखिएको छ। कांग्रेसको बैठकले एउटा महत्वपूर्ण निर्णय लिने छ।’

प्रकाशित मिति : ७ असार २०७६, शनिबार  १० : ४७ बजे

राजीनामा दिँदै सन्तोषले भने- रास्वपामा विचार स्थापित गर्न नसकेकोमा पछुतो छ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचिवालय सदस्य सन्तोष परियारले पार्टी

काठमाडौंसहित विभिन्न स्थानमा तीन जना मृत भेटिए

काठमाडौं– काठमाडौंको कीर्तिपुर नगरपालिका-६ चुईगाउँ डेरा गरी बस्ने दोलखा चरिकोट नगरपालिका-घर भएका

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

कपिलवस्तु– १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुद्धभुमी नगरपालिका-७ बिशमपुरास्थित सरस्वती

मादी पुल निर्माण धमाधम : ७२ प्रतिशत भौतिक प्रगति

तनहुँ– मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क ‘डिजाइन’को मादी पुल

रास्वपा छाडेका सन्तोष जनार्दनको अभियानमा जोडिने

काठमाडौं- रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी छाडेका पूर्वप्रमुख सचेतक सन्तोष