यस्तो अपेक्षा गर्छन् महिलाले पुरुषसँग, ख्याल गर्नुस् « Khabarhub

यस्तो अपेक्षा गर्छन् महिलाले पुरुषसँग, ख्याल गर्नुस्


७ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

तपाई सम्बन्धलाई राम्रोसँग चलाउन चाहनुहुन्छ भए एकले अर्काको भावनालाई बुझ्न जरुरी छ ।

महिलाले पुरुषको र पुरुषले महिलाको भावनालाई बुझ्न र त्यसअनुसारको क्रियाकलाप गर्ने हो भने रिलेशनसिप र पारिवारिक सम्बन्धमा आइपर्ने धेरै जसो समस्याहरु समाधान हुन सक्छन् ।

विवाहितहरुमा पतिले पत्नीको र पत्नीले पतिको कुराहरु सुन्ने र उनीहरुको केही चाहना र स्वभावलाई परिपूर्ति गर्नु आवश्यक हुन्छ भने प्रेम सम्बन्ध दिगो बनाउनका लागि पनि पार्टनरहरुबीच समझदारी आवश्यक हुन जान्छ ।

सम्बन्धमा पुरुषले महिलाबाट केही कुराको अपेक्षा गरेका हुन्छन् भने महिलाले पनि पुरुषबाट केही अपेक्षा गरेका हुन्छन् । त्यस्ता कुराहरुलाई हेक्का राख्न सकियो भने समबन्धमा संकट आउँदैन ।

यहाँ हामी महिलाले पुरुषबाट के अपेक्षा गर्छन् भन्ने प्रस्तुत गर्दै छौं । यो विभिन्न अनुसन्धानको आधारमा प्राप्त नजिताको निष्कर्ष हो ।

दुई जनाबीच कुरा भइरहेको छ भने महिला पार्टनरको कुरालाई प्राथमिकता दिनुहोस् । यसो गर्नुभयो भने भावनालाई कदर गरेको जस्तो देखिन्छ ।

महिलाहरु कहिलेकाही मुड अफमा देखिन सक्छन् । यसको कारण उनीहरुमा हुने महिनावारीको समस्या हो भनेर नजरअन्दाज गर्न उपयुक्त हुँदैन ।

महिलाको समस्यामा पुरुषले भावुकता प्रदर्शन गर्न सक्नुपर्छ त्यसो गर्दा महिलाले पुरुषमाथि आत्मियता बढाउँछन् ।

पुरुषहरुले आफ्नो मनको सबै भावनाहरु बाँडुन् भन्ने चाहना । पुरुषहरुले आफूलाई धेरै कुरा गरोस् भन्ने चाहना महिलाहरुको हुन्छ ।

पुरुषले आफ्नो परिवार र साथीभाइसँग शिष्ट व्यवहार देखाओस् भन्ने चाहना प्रत्येक महिलाको हुन्छ किनभने महिलाले पनि त्यस्तै व्यवहार गरिरहेका हुन्छन् ।

महिलाले भान्सामा पुरुषको उपस्थितिलाई विशेष महत्व दिन्छन् र यसबाट उनीहरु खुसी हुन्छन् । त्यसैले भान्सामा महिलालाई सहयोग गर्ने गर्नुहोस् ।

आफ्नी महिलाप्रति रक्षात्मक हुनुहोस् उनमा अधिकार नजमाउनुहोस् यसलाई मन्त्रजस्तै बनाउनुहोस् ।

आफ्नो पुरुषले माया गर्ने कुरा प्रचार गरोस् भन्ने कुरा महिला चाहन्छन् र उनीहरुले माया कसरी उजागर गर्ने र देखाउने भन्ने कुरा पुरुषहरुमा नै छोड्ने गर्दछन् ।

विशेष अवसर जस्तै जन्मदिन, म्यारिज एनिभर्सरी, भ्यालेन्टाइन डे लगायतका महत्वपूर्ण दिनको दिन केही उपहार र सप्राइज दिने गर्नुहोस्, त्यसको अपेक्षा महिलाले गरेका हुन्छन् ।

अरु कोही महिला या युवतीको कुरा तपाई आफ्नो पार्टनर वा महिला साथीसँग नगर्नुहोस् भन्ने अपेक्षा उनीहरुले राखेका हुन्छन् ।

प्रकाशित मिति : ७ असार २०७६, शनिबार  ३ : ०१ बजे

सुदूरपश्चिमका चार अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने सम्झौता

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकार र सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान

गत वर्षसम्मको स्वास्थ्य बीमाको भुक्तानी सम्पन्न

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले २०८२ चैत मसान्तसम्म सेवा प्रदायक स्वास्थ्य

ताप्लेजुङ गोल्डकप : झापा-११ सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ– ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा झापा-११ फुटबल क्लब प्रवेश गरेको छ। 

रसुवामा उद्धार अभियान तीव्र, सेनाद्वारा १०९ जनाको हवाई उद्धार, सुरुङमा अझै मिलेन सफलता

काठमाडौं- रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा

रसुवा बाढीका ८१ बेवारिसे शव देवघाटमा व्यवस्थापन गरियो (तस्बिरहरू)

चितवन– रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका तथा पहिचान खुल्न