दयाहाङ राई भन्छन् – ‘आप्पा’ ले छोरासँगको सम्बन्ध महसूस गरायो « Khabarhub

दयाहाङ राई भन्छन् – ‘आप्पा’ ले छोरासँगको सम्बन्ध महसूस गरायो


७ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – असार १३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘आप्पा’ मा दयाहाङ राई बुबाको भूमिकामा देखिएका छन् । बाबुछोराको सम्बन्धमा आधारित यो फिल्मको रिलिजअघि चर्चा छ । फिल्ममा सिद्धार्थराज तामाङ, अलोना लेप्चा लगायतका कलाकारको पनि शीर्ष भूमिका रहनेछ । अझ अर्को कुरा त यो फिल्म नेपालसहित भारतका केही हलमा पनि रिलिज हुने भएको छ ।

यसैबीच अभिनेता दयाहाङ राईले यो फिल्मको छायांकन हुँदा बेला आफ्नो छोरालाई कति गर्न सकिरहेको रहेछु भन्ने बोध गराएको बताए । ‘हुन त फिल्ममा अभिनय गरेको आधारमै हाम्रो लामो समयदेखिको बानी हट्छ भन्ने छैन, तर छोराप्रतिको माया चाहिँ यो फिल्मले महसूस गरायो’, दयाहाङ राईले भने ।

साथै दयाहाङले आफू इमेलमा पठाएको भ्वाइस स्किृप्ट सुनेर फिल्म राजी गर्न तयार भएको बताए । ‘मैले यो फिल्म भ्वाइस स्किृप्ट सुनेर गर्ने निर्णय गरेको थिएँ, आवाजमा फिल्म सुन्दा नै फिल्मले मलाई बाँधेर राख्यो, नोस्टाल्जिक बनायो,’ उनले सुनाए ।

अनमोल गुरुङको लेखन तथा निर्देशन रहेको यो फिल्म नेपालका विभिन्न स्थानमा छायांकन गरिएको छ । चलचित्रले एउटा सामान्य रोमान्टिक कथालाई विषयवस्तु बनाएको छ ।

प्रकाशित मिति : ७ असार २०७६, शनिबार  ३ : ५१ बजे

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल

तीन महिनामै टिकटकले नेपालबाट हटायो २० लाखभन्दा बढी भिडियो

काठमाडौं – सामाजिक सञ्जाल टिकटकले सन् २०२६ को दोस्रो त्रैमासिकमा

मातातीर्थमा ‘तेस्रो चन्द्रागिरि तिहार सांस्कृतिक तथा व्यापार महोत्सव’ हुँदै

काठमाडौं – काठमाडौंको चन्द्रागिरि नगरपालिका-६ मातातीर्थमा ‘तेस्रो चन्द्रागिरि तिहार सांस्कृतिक

जनकपुरको चमत्कार अर्थात् राहुल यादव

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको डेब्यु खेलमा

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौँ- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स