लेखिकालाई डिपार्टमेन्ट स्टोरमा बलात्कार गरेको आरोपको ट्रम्पद्वारा खण्डन | Khabarhub Khabarhub

लेखिकालाई डिपार्टमेन्ट स्टोरमा बलात्कार गरेको आरोपको ट्रम्पद्वारा खण्डन


७ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूमाथि लागेको पछिल्लो बलात्कारको आरोपको खण्डन गरेका छन् ।

सन् १९९० को मध्यतिर एक डिपार्टमेन्ट स्टोरको लुगा फेर्ने कोठामा आफूले बलात्कार गरेको भन्ने आरोप कल्पनामा आधारित भएको ट्रम्पको भनाइ छ । ट्रम्पले आफूले ई. जीन क्यारोललाई कहिल्यै नभेटेको र उनले आफ्नो नयाँ किताबको बिक्री बढाउन बलात्कारको आरोप लगाएको टिप्पणी गरेका बीबीसीले जनाएको छ ।

लेखिका क्यारोलले सो समयमा एक साथीले अदालतमा उक्त मुद्दा जित्न नसकिने सुझाव दिएका कारण प्रहरीमा जाहेरी नदिएको बताएकी छन् । उनको लेख अमेरिकी म्यागजिन ‘न्यूयोर्क म्यागजिन’मा शुक्रवार प्रकाशित भएको छ ।

ट्रम्पले आफूमाथि एक दर्जनभन्दा बढी महिलाहरूले लगाएको बलात्कारको आरोपहरू अस्वीकार गरिसकेका छन् । लेखका क्यारोलले सन् १९९५ को अन्त्य वा सन् १९९६ को सुरुतिर बर्गडर्फ गुडम्यानका ट्रम्पलाई भेटेको र उनलाई घरजग्गा व्यापारीका रूपमा चिनेको बताएकी छन् ।

उनका अनुसार त्यसबेला ट्रम्पले आफू ’एक केटी’को लागि उपहार किन्न आएको बताएका थिए । उनले ट्रम्पले आफूलाई टेलिभिजनमा देखेको बताएको र उनीहरूले एकअर्कालाई भित्रीवस्त्र किन्न उक्साउँदै जिस्किएको लेखेकी छन् ।

उनीहरू लुगा फेर्ने कोठामा छिरेको र त्यहाँ आफू बलात्कृत भएको उनको आरोप छ । त्यो समयमा ट्रम्प र क्यारोल करिब ५० वर्षका थिए र ट्रम्प मार्ला म्यापलसँग विवाहित थिए।

ट्रम्पमाथिको आरोप क्यारोलले लेखेका छवटा आक्रमणका आरोपहरू मध्येको एक हो । क्यारोलले ट्रम्प त्यस्तो गर्ने अन्तिम पुरुष भएको र त्यो घटनापछि आफूले कसैसँग यौनसम्पर्क नराखेको भन्दै लेख टुङ्ग्याएकी छन्।

प्रकाशित मिति : ७ असार २०७६, शनिबार  ३ : ३५ बजे

हुम्लाका विभिन्न स्थानमा टेलिफोन सेवा अवरुद्ध

सिमकोट– हुम्लाका तीन स्थानीय तहका विभिन्न बस्तीमा टेलिफोन सेवा अवरुद्ध

डुबेर तीन जनाको मृत्यु

काठमाडौं– कपिलवस्तुको कपिलवस्तु नगरपालिका-६ थुमुवास्थित माछा पोखरीमा डुबेर सोही नगरपालिका-११ औराह घर

आप्रवासन कार्यमा सहयोग गर्न फ्लोरिडामा २०० नौसैनिक परिचालन

एजेन्सी – दक्षिणपूर्वी राज्यमा भइरहेको आप्रवासन प्रवर्तन छापाहरूका लागि प्रशासनिक

धनुषाको दुहबीमा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त

जनकपुर– धनुषाको विदेह नगरपालिका–२ वैदेही दुहबीमा सशस्त्र प्रहरी र तस्करीबीच

काठमाडौंबाट ९ जना जुवाडे पक्राउ

काठमाडौं– काठमाडौं महानगरपालिका-३१ मिलनचोक बस्ने काभ्रे चौरीदेउराली गाउँपालिका- २ घर भएका ६३