बार्सिलोनाले यसपटक आर्सनलसँग ग्याम्पर ट्रफी खेल्ने « Khabarhub

बार्सिलोनाले यसपटक आर्सनलसँग ग्याम्पर ट्रफी खेल्ने


७ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बार्सिलोना र आर्सनलबीच प्रतिस्पर्धा हुने भएको छ । नयाँ सिजन शुरु हुनुभन्दा पहिला बार्सिलोनाले आर्सनलसँग खेल्न लागेको हो ।

स्पेनिस क्लब बार्सिलोनाले हरेक वर्ष नयाँ सिजन सुरु हुनुअघि मैत्रीपूर्ण खेलका रूपमा ‘जोन ग्याम्पर ट्रफी’ प्रतियोगिता आयोजना गर्ने गरेको छ । त्यसकै निरन्तरता स्वरुप उसले आगामी सिजनको शुरुवातका लागि आर्सनलसँग प्रतिस्पधाृ गर्दै छ ।

ग्याम्पर ट्रफीको ५४ औं श्रृंखला अन्तर्गत आगामी अगस्ट चारमा बार्सा र आर्सनल भिड्न लागेका हुन् ।

बार्सिलोनाको घरेलु मैदानमा फुटबल फ्यानहरुले स्पानिस र इंग्लिस क्लबबीचको प्रतिस्पर्धा हेर्न पाउने भएका हुन् ।

के हो ‘ग्याम्पर ट्रफी’ ?

बार्सिलोनाले हरेक सिजन शुरु हुनुभन्दा पहिला कुनै पनि क्लवलाई निमन्त्रणा गरेर खेल आयोजना गर्ने गरेको छ । त्यसका लागि क्लब आफैंले निर्णय गरेर एक पाहुना क्लबलाई निम्ता गर्छ । उसले आफ्नो निर्णयअुनसार जुनसुकै क्लबलाई पनि यस प्रतियोगितामा बोलाउन सक्छ ।

यसपटक सिजन २०१९/२० सुरु हुनुअघि उसले आयोजना गर्ने यस प्रतियोगितामा इंग्लिस क्लब आर्सनललाई पाहुना टोलीका रूपमा डाक्ने निर्णय गरेको हो ।

आर्सनल बार्सिलोनाले आयोजना गर्ने यो प्रतियोगिता खेल्ने छैटौं इंग्लिस टिम बनेको छ । बार्सा र आर्सनल च्याम्पियन्स लिगमा पाँच पटक भेट भएका छन् । पहिलो पटक लिग चरणमा उनीहरुको भेट १९९९/२००० सिजनमा भएको थियो ।

सन् २००६ को च्याम्पियन्स लिग दुबैका लागि महत्वपूर्ण भएका थिए । पेरिसमा भएको उक्त फाइनल खेलमा बार्साले आर्सनललाई २–१ ले पराजित गरेको थियो ।

पछिल्लो खेल भने सन् २०१५/१६ मा भएको थियो जसमा बार्सिलोना समग्रमा ५–१ ले विजयी भएको थियो ।

प्रकाशित मिति : ७ असार २०७६, शनिबार  ४ : १४ बजे

वेष्ट इण्डिजका फेबियन एलेनले सुदूरपश्चिमबाट एनपीएल खेल्ने 

काठमाडौँ– सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका

युक्रेनले स्टारलिङ्कको सेवा सर्त उल्लङ्घन गरेको मस्कको आरोप

काठमाडौँ– अमेरिकी प्रविधि उद्यमी एलन मस्कले युक्रेनी सेनाले स्टारलिङ्क स्याटेलाइट

असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोडको विद्युत निर्यात

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३–८४ को असोज

सुनको मूल्यमा ११ हजार ७०० रुपैयाँको गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

म्याग्दी– गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै