बार्सिलोनाले यसपटक आर्सनलसँग ग्याम्पर ट्रफी खेल्ने « Khabarhub

बार्सिलोनाले यसपटक आर्सनलसँग ग्याम्पर ट्रफी खेल्ने


७ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बार्सिलोना र आर्सनलबीच प्रतिस्पर्धा हुने भएको छ । नयाँ सिजन शुरु हुनुभन्दा पहिला बार्सिलोनाले आर्सनलसँग खेल्न लागेको हो ।

स्पेनिस क्लब बार्सिलोनाले हरेक वर्ष नयाँ सिजन सुरु हुनुअघि मैत्रीपूर्ण खेलका रूपमा ‘जोन ग्याम्पर ट्रफी’ प्रतियोगिता आयोजना गर्ने गरेको छ । त्यसकै निरन्तरता स्वरुप उसले आगामी सिजनको शुरुवातका लागि आर्सनलसँग प्रतिस्पधाृ गर्दै छ ।

ग्याम्पर ट्रफीको ५४ औं श्रृंखला अन्तर्गत आगामी अगस्ट चारमा बार्सा र आर्सनल भिड्न लागेका हुन् ।

बार्सिलोनाको घरेलु मैदानमा फुटबल फ्यानहरुले स्पानिस र इंग्लिस क्लबबीचको प्रतिस्पर्धा हेर्न पाउने भएका हुन् ।

के हो ‘ग्याम्पर ट्रफी’ ?

बार्सिलोनाले हरेक सिजन शुरु हुनुभन्दा पहिला कुनै पनि क्लवलाई निमन्त्रणा गरेर खेल आयोजना गर्ने गरेको छ । त्यसका लागि क्लब आफैंले निर्णय गरेर एक पाहुना क्लबलाई निम्ता गर्छ । उसले आफ्नो निर्णयअुनसार जुनसुकै क्लबलाई पनि यस प्रतियोगितामा बोलाउन सक्छ ।

यसपटक सिजन २०१९/२० सुरु हुनुअघि उसले आयोजना गर्ने यस प्रतियोगितामा इंग्लिस क्लब आर्सनललाई पाहुना टोलीका रूपमा डाक्ने निर्णय गरेको हो ।

आर्सनल बार्सिलोनाले आयोजना गर्ने यो प्रतियोगिता खेल्ने छैटौं इंग्लिस टिम बनेको छ । बार्सा र आर्सनल च्याम्पियन्स लिगमा पाँच पटक भेट भएका छन् । पहिलो पटक लिग चरणमा उनीहरुको भेट १९९९/२००० सिजनमा भएको थियो ।

सन् २००६ को च्याम्पियन्स लिग दुबैका लागि महत्वपूर्ण भएका थिए । पेरिसमा भएको उक्त फाइनल खेलमा बार्साले आर्सनललाई २–१ ले पराजित गरेको थियो ।

पछिल्लो खेल भने सन् २०१५/१६ मा भएको थियो जसमा बार्सिलोना समग्रमा ५–१ ले विजयी भएको थियो ।

प्रकाशित मिति : ७ असार २०७६, शनिबार  ४ : १४ बजे

महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित भएका पाइएको

 बाढीपहिरोले देशका विभिन्न सडक अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका गएको बाढीपहिरोले विभिन्न

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा– झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ

आठ घण्टापछि खुल्यो मुग्लिन-काठमाडौँ सडक

काठमाडौँ– पृथ्वीराजमार्ग अन्तर्गत चितवनको सिमलधारामा खसेको सुक्खा पहिरो पन्छाइएपछि नारायणगढ–काठमाडौँ

दाजुभाइको दीर्घायुको कामना गर्दै रानाथारू महिलाले मनाए तीज

कञ्चनपुर– छुट्टै पहिचान र मौलिक संस्कृति रहेको रानाथारू समुदायका महिलाहरूले