राजनीतिक नेतृत्वले आत्मसमिक्षा गर्नुपर्ने बेला भएको छ :नेपाल « Khabarhub

राजनीतिक नेतृत्वले आत्मसमिक्षा गर्नुपर्ने बेला भएको छ :नेपाल


७ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले राजनीतिक नेतृत्वले आत्मसमिक्षा गर्नुपर्ने समय आएको बताएका छन् ।

थाहा दर्शनका प्रवर्तक रुपचन्द्र बिष्टको २० औँ स्मृति दिवसका अवसरमा राजधानीमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले जनअपेक्षा अनुसार काम गर्न सकियो/सकिएन भनि राजनीतिक नेतृत्वले आत्मसमिक्षा गर्नुपर्ने समय आएको बताएका हुन् ।

उनले गरीबी, अभाव, बेरोजगारी, विकृति, विसंगतीको अन्त्य गर्दै सुखी नेपाली सम्मृद्ध नेपालको चाहाना पूरा गर्नका लागि कार्य प्रगतिको समिक्षा र वहसको आवश्यकता औँल्याए । आर्थिक सम्मृद्धिको नाराले मात्रै मुलुक र मुलुकबासीको चाहना र अपेक्षा पूरा हुन नसक्ने भन्दै उनले समाजले चाहेको आवश्यकतालाई नेतृत्वले बुझ्न सक्नुपर्नेमा जोड दिए ।

‘आत्मसमिक्षा गर्नुपर्ने छ । साँच्चै जनताले आशा अपेक्षा गरे बमोजिम, सबैले हामीसँग माग गरे बमोजिम हामीले आफ्नो भूमिका प्रभावकारी रुपमा निर्वाह गर्न सकिरहेका छौं?’ उनले भने, ‘यदि सकिरहेका छैनौँ भने कसरी सकिन्छ त ? आत्मचिन्तनको खाँचो छ । आत्मनिरीक्षण र आत्मपरीक्षाको खाँचो पनि छ ।’

पूर्व प्रधानमन्त्री नेपालले जनचाहना पूरा गर्नका लागि राजनीतिक नेतृत्वले आफ्नो आचरण, बानीव्यहोरा र संस्कारमा पनि परिर्वतन गर्नुपर्ने आवश्यकता औंल्याए ।

प्रकाशित मिति : ७ असार २०७६, शनिबार  ६ : ०७ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन