पोग्वालाई छाड्न चाहँदैन युनाइटेड « Khabarhub

पोग्वालाई छाड्न चाहँदैन युनाइटेड


७ असार २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – क्लब फुटबलरको सरुवा बजार खुल्ला भइरहँदा म्यान्चेस्टर युनाइटेडका स्टार खेलाडी पाउल पोग्वाको पनि बजारमा चर्चा भइरहेको छ । 

यतिसम्मकी उनलाई इटालियन जाइन्ट र स्पेनिस महारथि रियल मड्रिडले लिन चाँसो देखाए । 

त्यस्तैमा पोग्वा स्वयमले पनि नयाँ चुनौतिका लागि अहिलेको समय सहि भएको बताइसकेका छन् । तर फ्रान्सेली खेलाडी पोग्वालाई इंग्लिस क्लब युनाइटेड भने छाड्ने योजनामा नरहेको स्पेनिस फुटबल पत्रिका मार्काले उल्लेख गरेको छ ।

पोग्वाका लागि रियलका मुख्य प्रशिक्षकले गएको सिजनको कमजोर प्रदर्शनलाई विर्साउने गरी स्टार खेलाडी टोलीमा लिने योजना बनाइरहेको उल्लेख गर्दै युनाइटेडले उनलाई छाड्न चाँसो नदिएको मार्काले उल्लेख गरेको छ । 

जापानमा व्यवसायिक भ्रमणका क्रममा केही दिन अगाडिमात्रै पोग्वाले नयाँ चुनौति मोल्न तयार रहेको बताएपछि सञ्चार माध्यहरुले उनी नयाँ क्लब जाने योजनामा रहेको बताएका थिए ।

यद्यपी, उनी स्वयमले पनि रियल मड्रिड आफ्नो ‘ड्रिम’ क्लब भएको बताइसकेका छन् ।

प्रकाशित मिति : ७ असार २०७६, शनिबार  ९ : ३० बजे

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे