बंगलादेशको खेल छाडेर जब सन्दीप स्वदेश फर्किए « Khabarhub

बंगलादेशको खेल छाडेर जब सन्दीप स्वदेश फर्किए


८ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । बङ्गलादेशमा जारी बङ्गलादेश प्रिमियर लिग खेलिरहेको नेपाली युवा स्पिनर सन्दीप लामिछाने सोमबार स्वदेश फर्किएका छन् । अष्ट्रेलियामा जारी बिग बासका केही खेल खेलेर बङ्गलादेश गएका सन्दीप नेपाली राष्ट्रिय टोलीको युएई भ्रमणका लागि स्वदेश फर्किएका हुन् ।

बङ्गलादेशमा सिलेट सिक्सर्सबाट बीपिएलका छ खेल खेलेर सन्दीप सोमबार अपराह्न काठमाडौँ आइपुगेका हुन् । उनले सिलेटका लागि छ खेलबाट चार विकेट लिएका थिए ।

युएई भ्रमणमा नेपालले घरेलु टोलीसँग समान तीन एक दिवसीय र तीन टी–२० सिरिज खेल्नेछ । नेपाली टोली मङ्गलबार युएई प्रस्थान गर्ने कार्यक्रम रहेको नेपाली टोलीका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए ।

एक दिवसीय मान्यता पाएपछि नेपालको युएईसँग हुने खेल दोस्रो अन्तर्राष्ट्रिय एक दिवसीय हो । यसअघि नेपालले पहिलो अनर्राष्ट्रिय एक दिवसीय गत अगष्टमा नेदरल्याड्ससँग खेलेको थियो । उक्त सिरिज बराबरीमा सकिएको थियो ।

युएई भ्रमणका लागि पारस खड्काको कप्तानीमा १६ सदस्यीय टोली रहेको छ । उक्त प्रतियोगिताका लागि छनोट हुने खेलाडीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, प्रदीप ऐरी, सोमपाल कामी र विनोद भण्डारी छन् ।

त्यस्तै भीम सार्की, अविनाश बोहरा, पवन सर्राफ र सन्दीप जोराले सिनियर राष्ट्रिय टोलीमा पहिलोपटक स्थान बनाएका छन् । उक्त प्रतियोगताका लागि नेपाली टोलीका नियमित सदस्य शरद भेषवाकर अस्वस्थ भएका कारण छनोट भएनन् । वैकल्पिकतर्फ ललितसिंह भण्डारी, विक्रम सोब र सुशन भारी छन् । नेपालले युएईसँग माघ ११, १२ र १४ गते एक दिवसीय सिरिज तथा माघ १७, १८ र २० गते टी–ट्वान्टी सिरिज खेल्नेछ ।

प्रकाशित मिति : ८ माघ २०७५, मंगलबार  ५ : ५३ बजे

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौं – नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित

राष्ट्रिय फुटबलर विमल घर्ती मगरद्वारा सन्न्यासको घोषणा

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले सक्रिय