आर्मी ढोरपाटन भलिबलको शीर्षस्थानमा | Khabarhub Khabarhub

आर्मी ढोरपाटन भलिबलको शीर्षस्थानमा


८ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । त्रिभुवन आर्मी ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको अग्रस्थानमा रहन सफल भएको छ ।

आर्मीले अपराजित रहदै ३ खेलबाट ९ अंक जोडेको छ । सोमवार भएको खेलमा आर्मीले आयोजक ढोरपाटनलाई २५–३,२५–७ र २५–४ को सोझो सेटमा हरायो ।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा भएको खेलमा श्रीगाँउ खेलकुद विकास समिति दाङले मश्रित नतिजा निकाल्यो । पहिलो खेलमा सामाखुशी इंग्लिस बोर्डिङ स्कुल (सेव)लाई २५–९,२५–१८ र २५–११ को सोझो सेटमा हराउदा दोश्रो खेलमा बलियो टिम एपीएफसँग २५–२०, २५–११ र २५–८ को सोझो सेटमा पराजित भयो ।

प्रतियोगितामा श्रीगाँउले ४ खेलबाट ९ अंक जोड्दा साबिक बिजेता एपीएफले ३ अंकका साथ बिजयी सुरुवात गरेको छ । सोमवारको अन्तिम खेलमा पुलिसले सेबलाई २५–१३,२५–१३ र २५–९ को सोझो सेटमा हरायो । सेबले ४ खेलबाट ६ अंक जोड्दा पुलिसले पनि ३ अंकका साथ बिजयी यात्रा अगाडि बढाएको छ ।

प्रतियोगिताको विजेताले ३ लाख ५० हजार पाउनेछ दोस्रो हुने टोलीले दुई लाख प्राप्त गर्ने छ ।

प्रकाशित मिति : ८ माघ २०७५, मंगलबार  ६ : ३७ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग