नेपाली क्रिकेट टोली आज यूएई जाँदै « Khabarhub

नेपाली क्रिकेट टोली आज यूएई जाँदै


८ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली आज यूएई जाने भएको छ । नेपाली टोलीले यूएई भ्रमणका क्रममा घरेलु टोलीसँग समान तीन एक दिवसीय र तीन टी–२० सिरिज खेल्नेछ ।

नेपाली टोली आज युएई प्रस्थान गर्ने कार्यक्रम रहेको नेपाली टोलीका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए । एक दिवसीय मान्यता पाएपछि नेपालको युएईसँग हुने खेल दोस्रो अन्तर्राष्ट्रिय एक दिवसीय हो । यसअघि नेपालले पहिलो अनर्राष्ट्रिय एक दिवसीय गत अगष्टमा नेदरल्याड्ससँग खेलेको थियो । उक्त सिरिज बराबरीमा सकिएको थियो ।

युएई भ्रमणका लागि पारस खड्काको कप्तानीमा १६ सदस्यीय टोली रहेको छ । उक्त प्रतियोगिताका लागि छनोट हुने खेलाडीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, प्रदीप ऐरी, सोमपाल कामी र विनोद भण्डारी छन् ।

त्यस्तै भीम सार्की, अविनाश बोहरा, पवन सर्राफ र सन्दीप जोराले सिनियर राष्ट्रिय टोलीमा पहिलोपटक स्थान बनाएका छन् । उक्त प्रतियोगताका लागि नेपाली टोलीका नियमित सदस्य शरद भेषवाकर अस्वस्थ भएका कारण छनोट भएनन् । वैकल्पिकतर्फ ललितसिंह भण्डारी, विक्रम सोब र सुशन भारी छन् ।

नेपालले युएईसँग माघ ११, १२ र १४ गते एक दिवसीय सिरिज तथा माघ १७, १८ र २० गते टी–ट्वान्टी सिरिज खेल्नेछ ।

प्रकाशित मिति : ८ माघ २०७५, मंगलबार  ६ : ५२ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका