साउदीलाई हराउँदै जापान क्वाटरफाइनलमा « Khabarhub

साउदीलाई हराउँदै जापान क्वाटरफाइनलमा


८ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी । दुवईमा जारी एएफसी एसियन कप अन्तर्गत सोमबार राउण्ड अफ १६ अन्तर्गत जापानले साउदी अरेबियालाई १-० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको छ ।

जापानको जितमा ताकेहिरो टोमियासुले २० औं मिनेटमा गरेको हेडर गोल नै निर्णायक सावित भयो । अपेक्षित प्रदर्शन गर्न नसकेपनि जापानका लागि छैटौं खेल खेलिरहेका टोमियासुले विजयी गोल गरे । लगातार चौथो जित दर्ता गरेको जापानले अब क्वाटरफाइनलमा भिएतनामको सामना गर्नेछ ।

विश्वकपमा सहभागी दुई टोली जापान र साउदीबीचको खेलमा दुवै टोलीले गोलको अवसर सिर्जना गरेपनि जापानले अग्रता लिएको थियो । दुवै टोली आक्रमणमा फितलो हुँदा जापानको लागि एकमात्र गोल नै निर्णायक हुन पुग्यो ।

प्रकाशित मिति : ८ माघ २०७५, मंगलबार  ७ : ०३ बजे

पृथ्वीराजमार्गसहित मुलुकका १२ बढी सडक अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण पृथ्वीराजमार्गसहित मुलुकका १२ वटाभन्दा बढी सडकखण्ड अवरुद्ध

कुलेखानी जलाशय भरिँदै, तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध

हेटौँडा– लगातारको वर्षाले कुलेखानी जलाशय भरिन लागेसँगै तल्लो तटीय क्षेत्रका

अविरल वर्षाले जनजीवन प्रभावित

काठमाडौँ– बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावले काठमाडौँ उपत्यकासहित देशका

वर्षाले पर्यटकीय गतिविधि प्रभावित

गण्डकी– प्रतिकूल मौसमका कारण पोखरासहितका क्षेत्रमा पर्यटकीय गतिविधि प्रभावित बनेको

कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका पर्यटकीय गन्तव्य प्रबर्द्धन गरिने

काठमाडौँ– २०० भन्दा बढी कन्टेन्ट क्रिएटरमार्फत् ओझेलमा परेका नेपालका पर्यटकीय