साउदीलाई हराउँदै जापान क्वाटरफाइनलमा « Khabarhub

साउदीलाई हराउँदै जापान क्वाटरफाइनलमा


८ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी । दुवईमा जारी एएफसी एसियन कप अन्तर्गत सोमबार राउण्ड अफ १६ अन्तर्गत जापानले साउदी अरेबियालाई १-० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको छ ।

जापानको जितमा ताकेहिरो टोमियासुले २० औं मिनेटमा गरेको हेडर गोल नै निर्णायक सावित भयो । अपेक्षित प्रदर्शन गर्न नसकेपनि जापानका लागि छैटौं खेल खेलिरहेका टोमियासुले विजयी गोल गरे । लगातार चौथो जित दर्ता गरेको जापानले अब क्वाटरफाइनलमा भिएतनामको सामना गर्नेछ ।

विश्वकपमा सहभागी दुई टोली जापान र साउदीबीचको खेलमा दुवै टोलीले गोलको अवसर सिर्जना गरेपनि जापानले अग्रता लिएको थियो । दुवै टोली आक्रमणमा फितलो हुँदा जापानको लागि एकमात्र गोल नै निर्णायक हुन पुग्यो ।

प्रकाशित मिति : ८ माघ २०७५, मंगलबार  ७ : ०३ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल