सरकारको रेल : पक्का गुड्छ, चाँडै गुड्छ ! « Khabarhub

सरकारको रेल : पक्का गुड्छ, चाँडै गुड्छ !


८ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्माणाधिन जयनगर–कुर्था रेलमार्गमा सरकारको लगानीमा रेल खरिद गरी संचालन गर्ने तयारी भएको रेल विभागले जनाएको छ । गत पुस २९ गते बसेको मन्त्रिपरिषद्को बैठकले समेत रेल किन्ने निर्णय गरेपछि खरिद प्रक्रिया अगाडि बढाउन सहमति मिलेको छ ।

विभागले मिति नतोके पनि चाँडै रेल संचालनमा आउने जनाएको छ । विभागका सिनियर डिभिजनल इन्जिनियर (सिडिई)अमन चित्रकारले जयनगर–कुर्थामा चाँडै रेल गुड्ने दाबी गरे । ‘मिति नतोकौं तर चाँडै नै रेल गुड्छ–उनले भने ।

विभागले २ वटा रेल गुडाउने भने पनि बजेट भने १ वटा रेल किन्न सकिने बराबर विनियोजन गरेको छ । सरकारले यस वर्ष रेल किन्न भन्दै ५० करोड रुपियाँ बजेट विनियोजन गरेको छ । यो समाचार नेपाल समाचार पत्रबाट लिएको हो ।

प्रकाशित मिति : ८ माघ २०७५, मंगलबार  ९ : ५१ बजे

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण