सुमार्गीको बैंक खाता रोक्का राख्न निर्देशन « Khabarhub

सुमार्गीको बैंक खाता रोक्का राख्न निर्देशन


८ माघ २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विवादित व्यवसायी अजेयराज सुमार्गीले नेपाल इन्भेस्टमेन्ट बैंकको रकम स्थानान्तरण गरेको बैंकको खाता रोक्का गर्न अर्थ मन्त्रालयले नेपाल राष्ट्रबैंकलाई निर्देशन दिएको छ। सर्वोच्च अदालतको अन्तरिम आदेशपछि व्यवसायी सुमार्गीले नेपाल इन्भेस्टमेन्ट बैंकमा रहेको ७५ लाख अमेरिकी डलर (करिब ८३ करोड २५ लाख रुपैयाँ) अन्य बैंकमा स्थानान्तरण गरेका थिए।

अर्थमन्त्री युवराज खतिवडाले रकम स्थानान्तरण गरिएको बैंक खाता रोक्का गर्न केही दिनअघि राष्ट्र बैंकलाई निर्देशन दिएका हुन्। अर्थमन्त्री खतिवडाले विश्व आर्थिक मञ्चको बैठकमा जानुअघि यस्तो निर्देशन दिएको बताएका थिए।

राष्ट्रबैंकका एक उच्च अधिकारीले अर्थमन्त्री खतिवडाको मौखिक निर्देशन आएको जानकारी दिए। ‘सुमार्गीले रकम सारेको बैंकको खाता रोक्न अर्थमन्त्रीले मौखिक निर्देशन दिनुभएको हो,’ उनले भने, ‘लिखित रुपमा भने आइसकेको छैन तैपनि हामीले अदालतको आदेश र अर्थमन्त्रीको निर्देशनअनुसार कामअगाडि बढाएको छौं।’ यो समाचार आजको नागरिक पत्रिकाबाट लिएको हो ।

प्रकाशित मिति : ८ माघ २०७५, मंगलबार  १० : १२ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल