हुम्ला र बाजुरामा भारी हिमपात, जनजीवन प्रभावित « Khabarhub

हुम्ला र बाजुरामा भारी हिमपात, जनजीवन प्रभावित



हुम्ला । सोमबार रातिदेखि परेको भारी हिमपातले हुम्ला, बाजुरा लगायत छिमेकी जिल्ला मुगको जनजीवन प्रभावित बनेको छ । हुम्लामा सोमबार रातिदेखि हिमपात भएपछि जाडो निकै बढेको छ । हिमपातले सदरमुकाम सिमकोट आवतजावत गर्न समस्या भएको छ। हिमपात भएपछि यातायातको एकमात्र सवारी साधन हवाई यातायात प्रभावित बनेको छ ।

हाल सिमकोटमा झन्डै एक फिट हिउँ जमेको छ भने सिमकोटभन्दा उत्तरी क्षेत्रका गाउँमा दुई फिटसम्म हिउँ जमेको बताइएको छ। हिमपातले जिल्ला सदरमुकाम सिमकोटदेखि उत्तरी क्षेत्रका सबै गाउँको तापक्रम माइनसमा पुग्नुको साथै आवतजावतसमेत बन्द भएको छ।

हिमपातले जिल्लाको उत्तरी क्षेत्रका लिमी, मुचु, खगालगाउँ, स्याँडा, हेप्क्का र बरगाउँ, सिमकोटलगायतका गाउँमा आवतजावत बन्द भएको छ। हिमपातका कारण सिमकोटलगायत उत्तरीे नाम्खा गाउँपालिकाको लिमी र मुचुका बासिन्दालाई घरबाट बाहिर निस्कनसमेत समस्या परेको छ। मुचुमा अहिलेसम्म झन्डै दुई फिट जति हिउँ जमेको छ।

यसैबीच, हुम्लाको छिमेकी जिल्ला बाजुरामा पनि हिमपात भएको छ। यसपटकसँगै पुसको पहिला सातादेखि माघ दोस्रो सातासम्म जिल्लामा तीन पटक हिमपात भइसकेको छ। पुसमा मात्र दुई पटक हिमपात भएको थियो। हिमपातले जिल्लाको जनजीवन कष्टकर बनेको छ। हिमपातका कारण उत्तरी बाजुराका बासिन्दा सदरमुकाम जान सकेका छैनन् । बाजुराको सदरमुकाम जाँदा बीचमा पर्ने पोरखे लेकमा भारी हिमपात हुँदा बाटो अवरुद्ध बनेको छ ।

सोमबार मध्य रातिदेखि परेको हिमपातसँगै भारी वर्षाका कारण बाजुराका लेकाली बस्ती सेताम्य भएका छन्। सोमबार दिनभर घाम लागे पनि रातिदेखि भने अकस्मात् हिमपात हुन सुरु भएको हो। मध्यरातबाट एकाएक मौसम बदली भएर हिमपात भएको हो। जिल्लाका हिमाली गाउँपालिकाको रुगिन, बिच्छया, गौमुल गाउँपालिकाको दहकोट, मानाकोट, खप्तड छेडेदह गाउँपालिकाको काँडा, आटीचौर, त्रिवेणी नगरपालिकाको कैलाशमाडौं, बूढीनन्दा नगरपालिकाको पाण्डुसैन, बडीमालिकाको धम्कने, रजातोली, जुगाडासहितका दर्जन बढी स्थानीय तहका लेकाली भेगमा हिमपात भएको छ।

सदरमुकाम मार्तडीलगायतका तल्लो क्षेत्रमा अहिले भारी वर्षा भइरहेको छ भने सदरमुकाम नजिकैका बस्तीमा हिमपात भएको छ। हिमपात हुने क्रम अझै जारी छ। हिमपातले जनजीवन निकै कष्टकर बनेको स्थानीयवासीले बताएका छन्। सदरमुकाम मार्तडीका पसलहरू फाट्टफुट्ट खुलेका छन्।

सदरमुकाम आसपासको जङ्गलमा झन्डै आधा फिट हिउँ जमेको छ। हिमपातले सबैभन्दा जिल्लाको उच्च भेगको जनजीवन प्रभावित बनेको छ भने पोरखे लेकमा धेरै हिउँ परेका कारण मार्तडी कोल्टी सडकमा चल्ने ट्याक्टर र जीप सेवासमेत बन्द भएको स्वामिकात्तिक यातायात प्रालिका काउन्टर इन्चार्ज निशान्त रोकायाले जानकारी दिए। सडकमा मान्छेको आवतजावतसमेत रोकिएको उनले बताए।

प्रकाशित मिति : ८ माघ २०७५, मंगलबार  १० : ५६ बजे

सरकारले विरोधीको आवाज थुन्न प्रतिशोध साँध्यो : किशोर श्रेष्ठ

काठमाडौं । पत्रकार किशोर श्रेष्ठले सरकारले विरोधीको आवाज थुन्ने नियतले

रिहा भए पत्रकार किशोर श्रेष्ठ (तस्बिरहरू)

काठमाडौं – सर्वोच्च अदालतको परमादेशपछि वरिष्ठ पत्रकार किशोर श्रेष्ठ सोमबार

दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले बनायो चार सदस्यीय टोली

काठमाडौं – राजावादी अभियन्ता दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले चार

हिरासतबाट छुटेपछि श्रेष्ठले भने : नमरेसम्म देखेको कुरा लेख्न छोड्दिनँ

काठमाडौं – अदालतको आदेशपछि पत्रकार किशोर श्रेष्ठ रिहा भएका छन्।

हिरासतबाट छुटे किशोर श्रेष्ठ, फेरि धरपकडको सम्भावना कायमै

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतबाट