साम्राज्ञीको फेरि यस्तो तस्वीर सार्वजनिक, चर्चा बटुल्ने काइदा « Khabarhub

साम्राज्ञीको फेरि यस्तो तस्वीर सार्वजनिक, चर्चा बटुल्ने काइदा


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केही दिन यता साम्राज्ञी राज्यलक्ष्मी शाह तस्वीरका कारण चर्चासँगै विवादमा तानिएकी छिन् । उनका एक पछि अर्को अन्तरंग मस्तीका तस्वीर सार्वजनिक भएसँगै उनी विवादमा तानिएकी हुन् ।

विदा मनाउन इन्डोनेसियाको बाली पुगेकी उनले पहिले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो एकल तस्वीरहरु पोस्ट गरिन् । विकिनी अवतारमा प्रस्ततु ती तस्वीहरु एकाएक भाइरल बने । सामाजिक सञ्जालमा प्रायः बिकिनी अवतारमा प्रस्तुत भइरहने साम्राज्ञीका बालीको तस्वीर केही पृथक थिए । मिडियाहरुका लागि ती मसाला बने ।

ती तस्वीर भाइरल बनिरहेका बेला उनका प्रेमीसँग मस्ती गरेका अरु केही तस्वीर सार्वजनिक भए । ती तस्विरहरु उनले आफ्नो फेसबुकमा सार्वजनिक नगरे पनि मिडियामाझ आए । यी तस्वीरले उनीमाथि दर्शकको हेर्न दृष्टिमा केही फरकपन देखियो । त्यही तस्वीरलाई लिएर उनको चर्चा भन्दा बढी आलोचना भइरहेका बेला पुनः उनका केही तस्वीर सार्वजनिक भएका छन् ।

अहिले सार्वजनिक भएको तस्वीरमा उनी प्रेमीसँग केही ड्रिङ्क्स गर्दै स्वीमिङ कस्टुममै देखिएकी छिन् । हालै साम्राज्ञी आफ्ना प्रेमी देवांकस राणासँग इन्डोनेसियाको बालीमा रमाइरहेकी छिन् । एकपछि अर्को गरी यस्ता तस्वीर सार्वजनिक भएपछि उनले सुनियोजित रुपमा चर्चा बटुल्ने काइदा अपनाएको चलचित्र वृत्तमा चर्चा चल्न थालेको छ ।

त्यसो त केही समयअघि मंयक खड्कासँग प्रेमसम्बन्धमा रहेकी साम्राज्ञी उनीसँगको ब्रेकअपपछि नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाका छोरा देवांकस राणासँग रमाइरहेकी छिन् । केही वर्षयता साम्राज्ञी एकपछि अर्को गर्दै विवादमा तानिएकी छिन् । आजभोलि उनका फिल्मको चर्चा कम र व्यक्तिगत जीवनको चर्चा ज्यादा हुन थालेको छ ।

 

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ७ : १९ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल