को हुन् पूर्व मिस नेपाल श्रृङ्खलाका प्रेमी ? तस्वीर बन्यो भाइरल « Khabarhub

को हुन् पूर्व मिस नेपाल श्रृङ्खलाका प्रेमी ? तस्वीर बन्यो भाइरल


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सन् २०१८ की मिस नेपाल श्रृङ्खला खतिवडा प्रेमीसँग टर्कीमा घुमघाममा रहेको खुलासा भएको छ ।

प्रतिनिधि सभा सदस्य विरोध खतिवडा र नेकपा मकवानपुर अध्यक्ष मुनु सिग्देलकी पुत्री खतिवडा सिंगल रहेको दाबी गर्दै आएकी थिइन् । तर, टर्कीको इस्तानबुलमा उनी शिसन बाँनियासँग घुमघाममा रहेको तस्वीर सार्वजनिक भएसँगै उक्त तस्वीर भाइरल बनेको छ ।

शिसन र श्रृङ्खला गहिरो प्रेम सम्वन्धमा रहेको चर्चा भएपनि यसलाई श्रृङ्खलाले नकारेकी थिइन् । तर इस्तानबुलको तस्बिरले त्यसलाई पुष्टि गरेको छ । शिसनको काँधमा श्रृङ्खलाले टाउको राखेर खिचिएको फोटो अहिले भाइरल भएको छ ।

भ्लगर सिशन बानियाँसँगकाे तस्बिर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा चर्चा बढेको छ । यो फोटो श्रृंखलाले इन्स्टाग्राम स्टोरीमार्फत सार्वजनिक गरेकी हुन् ।

भ्लगर सिशनले यसअघि मिस नेपालको यात्रामा समेत श्रृंखलाको काममा सहयोग गर्दै आएका छन् । त्यसैले पनि सिशनसँग श्रृंखला निकट छिन् ।

बेलाबखत उनीहरुले एकअर्काको साथमा रहेर खिचाएको तस्बिर सार्वजनिक गर्ने गरेका छन् । यद्यपि, उनीहरुले आफू प्रेम सम्बन्धमा रहे नरहेको बारेमा मुख भने खोलेका छैनन् ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ७ : ३६ बजे

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको