१० खेलाडीमा सिमित सेभिल्लासँग हार्‍यो लिभरपुल « Khabarhub

१० खेलाडीमा सिमित सेभिल्लासँग हार्‍यो लिभरपुल


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रि–सिजनको मैत्रीपूर्ण खेलमा सेभिल्लासंग लिभरपुर पराजित भएको छ । सोमबार बिहान सकिएको मैत्रीपूण खेलमा युरापियन च्याम्पियन लिभरपुल स्पेनिस क्लब सेभिल्लासँग २–१ गोल अन्तरले पराजित भएको हो ।

लिभरपुलविरुद्ध रक्षात्मक खेलेको सेभिल्लाका लागि खेलको ३५ औं मिनेटमा नोलिटोले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । यस्तै, सेभिल्लाविरुद्ध खेलको ४४ औं मिनेटमा लिभरपुलका डिभोक ओरिजीले गोल गर्दै खेल १–१ गोल बराबरीको अवस्थामा पुर्‍याएका थिए ।

पहिलो हाफमा १–१ बराबरी रहेको खेलमा सेभिल्लाले युरोपियन च्याम्पियनलाई अन्तिमसम्म बराबरीमा रोक्दै उत्कृष्ट प्रदर्शन गर्‍यो । लिभरपुलका खेलाडीमाथि ‘किंक’ हानेपछि सेभिल्लाका जोरिस नागन्नले खेलको ७६ औं मिनेटमा रातो कार्ड पाउँदै १० खेलाडीमा सिमित भएको थियो ।

तर, खेलको अन्तिम समयमा सेभिल्लाका एलेजाद्रो पोजोले गोल गर्दै लिभरपुललाई स्तब्ध बनाए ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ९ : ४२ बजे

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै ५८ लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि क्यानडा र अस्ट्रेलिया पठाइदिने भन्दै