रियल छोडेर चिनियाँ क्लबमा जालान् बेल ? | Khabarhub Khabarhub

रियल छोडेर चिनियाँ क्लबमा जालान् बेल ?


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चाइनिज क्लब जियान्सु सुनिङले स्पेनिस महारथि रियल मड्रिडका फरवार्ड ग्यारेथ बेल टिममा भित्र्याउन चासो देखाएको छ ।

सुनिङले बेललाई यहिँ सिजनमा क्लबमा भित्र्याउन खोजेको खेल पत्रिका मार्काले उल्लेख गरेको छ ।

आइतबार बिहान बार्यनसँग रियल मड्रिड पराजित भएपछि प्रशिक्षक जिनेदिने जिदानले क्लबले बेललाई बेच्न चहाएको बताएका थिए ।

अहिले बेल कर बाहेक प्रत्येक बर्ष १७ मिलियन युरो रियलबाट पाइरहेका छन् र सुनिङसँग जोडिँदा उनी निकै महंगा हुने समाचारमा उल्लेख छ । उनले चाइना जान ७० प्रतिशतसम्म तलबमा बृद्धी खोज्ने आशंका गरिएको छ ।

तर, बेलका लागि सुनिङमात्रै होइन इग्लिस क्लब टोटनह्यामले पनि रुचि देखाएको छ । जसमा टोटनह्यामले ५० देखि ६० मिलियन युरोसम्म दिनसक्ने अनुमान लगाइएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  १० : ०१ बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला