सलमान र आफ्ना पूर्वप्रेमीसँग किन बोल्छिन् क्याटरीना कैफ? खुलाइन् कारण « Khabarhub

सलमान र आफ्ना पूर्वप्रेमीसँग किन बोल्छिन् क्याटरीना कैफ? खुलाइन् कारण


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बितेका केही वर्ष क्याटरीना कैफको जीवनमा कैयन् बदलाव आएको छ । उनी आफ्नो सुन्दरताको कारणले मात्र होइन कि, आफ्नो दमदार अभिनयका कारण पनि चर्चामा छिन् । उनी यतिबेला मेक्सिकोमा विदाको समय बिताइरहेकी छिन् ।

एक अन्तर्वार्तामा उनले एक वर्षमा आफ्नो जीवनमा कैयन् बदलाव आएको बताइन् । उनले जीवन जिउने तरिका समेत फेरिएको बताइन् । उनले अहिले आएर फिल्म मेकिङको प्रक्रिया पनि बुझ्न थालेको बताइन् ।

उनले आफ्ना पूर्वप्रेमीसँग मित्रताको हात बढाएकी छिन् । यसबारेमा उनले बताइन् कि, आफ्नो एक्स ब्यायफ्रेन्डसँग बोल्दा असहज लाग्दैन भने खासै फरक पर्दैन । उनले कुनै पनि कुरालाई झनै मुस्किल बनाउन नहुने पनि बताइन् ।

क्याटरीना कैफ र सलमान खानको राम्रो सम्बन्ध छ । उनले सलमान खानको तारिफ गर्दै भनेकी छिन्, उनी धेरै राम्रा व्यक्ति छन् ।

क्याटरीनाले कुनै पनि कुरालाई ठूलो बनाउने, उदास बन्ने गर्नुभन्दा बरु सबैसँग बोल्दा उचित लाग्ने गरेकाले पूर्वप्रेमीसँग पनि मित्रवत व्यवहार गरेको बताउँछिन् ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  १ : ४९ बजे

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने