गुठीहरुलाई नेपालको सामाजिक सुरक्षाको महत्वपूर्ण स्रोत– अर्थमन्त्री खतिवडा « Khabarhub

गुठीहरुलाई नेपालको सामाजिक सुरक्षाको महत्वपूर्ण स्रोत– अर्थमन्त्री खतिवडा


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडाले गुठीहरुलाई नेपालको सामाजिक सुरक्षाको महत्वपूर्ण स्रोतको रुपमा चित्रण गरेका छन् ।

अर्थमन्त्री खतिवडाले सामाजिक सुरक्षालाई महत्व दिएर नेपाली समाजले विपद् व्यवस्थापनमा पनि उल्लेख्य योगदान दिन सफल हुँदै आएको पनि स्पष्ट पारे।

सोमबार काठमाडौंमा आयोजना गरिएको ‘नेपालमा सार्वभौमिक सामाजिक सुरक्षाको बाटो’ विषयक सम्मेलनमा बोल्दै उनले नेपाली समाजमा ठूलाले सानालाई माया गर्ने र वृद्धवृद्धाहरुलाई सम्मान गर्ने परम्पराले पनि सामाजिक सुरक्षाको क्षेत्रमा थप योगदान पुगेको पनि स्मरण गराए ।

अर्थमन्त्री खतिवडाले सामाजिक सुरक्षालाई संविधानले मौलिक हकको रुपमा स्थापित गरेको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा सरकार प्रतिवद्ध रहेको पनि बताए ।

गरिव, पछाडि परेका समुदाय र वृद्ध, अशक्त, एकल महिलाहरुलाई सरकारले सामाजिक सुरक्षा अन्तरगत भत्ताको समेत व्यवस्था गरेको अर्थमन्त्री खतिवडाको भनाई छ ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  १२ : ५३ बजे

फागुपर्व औपचारिक रुपमा सुरु, बसन्तपुरमा चीर ठड्याइयो

काठमाडौं– काठमाडौंको बसन्तपुरमा होलीको चीर ठड्याइएको छ । मङ्गलबार बिहान

कांग्रेसले राष्ट्रिय टिमकी कप्तान साम्बाको उपचारमा पाँच लाख सहयोग गर्ने

काठमाडौं – नेपाली कांग्रेसले राष्ट्रिय टिमकी फुटबल कप्तान सावित्री भण्डारी

उमेरले होइन, सोचले युवा हुनुपर्छ: कांग्रेस नेता चन्द्र भण्डारी

काठमाडौं – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले युवा र वृद्धको

बैतडीमा निर्वाचन प्रहरीको मृत्यु

बैतडी– यही फागुन २१ गते हुने निर्वाचन सुरक्षाका लागि भर्ना

पत्रकारलाई आचारसंहिता पालनासम्बन्धी प्रदेशस्तरीय अभिमुखीकरण

कर्णाली– यही फागुन २१ हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन केन्द्रित गरेर