भारतीय प्रधामन्त्री मोदी आगामी अगष्टमा भुटान भ्रमणमा जाने | Khabarhub Khabarhub

भारतीय प्रधामन्त्री मोदी आगामी अगष्टमा भुटान भ्रमणमा जाने


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी अगष्टमा दुई दिने औपचारिक भ्रमणका लागि भुटान जाने भएका छन् ।

यो भ्रमणबाट छिमेकीलाई प्राथमिकता दिने विदेश नीतिप्रति भारत सरकारको उच्च प्राथमिकतालाई प्रतिबिम्बित गर्ने भारतीय अधिकारीहरुले बताएका छन् ।

गत महिना भारतीय विदेश मन्त्री एस जयशंकरले भुटनको दुई दिने भ्रमण गरेका थिए । विदेशमन्त्रीको रुपमा उनको यो पहिलो विदेश भ्रमण थियो ।

दुवै देशबीच रहेको विशिष्ट सम्बन्ध प्रधानमन्त्री मोदीको भ्रमणबाट थप गतिशील र प्रगाढ हुने विश्वास लिइएको छ ।

यसअघि जयशंकरले भ्रमणका क्रममा भुटानी प्रधानमन्त्री लोटे छिरिङसँग भेटवार्ता गरी द्विपक्षीय सहयोगलाई अझ गति दिनेबारे छलफल गरेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ४ : ०९ बजे

एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि नेपाली

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार