एक जनाको श्रीमती मात्रै ३९, एकै घरमा बस्छन् १ सय ८१ जनाको परिवार « Khabarhub

एक जनाको श्रीमती मात्रै ३९, एकै घरमा बस्छन् १ सय ८१ जनाको परिवार


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- ३९ जना श्रीमतीको एकजना श्रीमान भन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ । तर, बास्तविकता यही नै हो । भारतको पूर्वोत्तर राज्य मिजोरमका ७२ बर्षीय डेज जिओनाका ३९ जना श्रीमति छन् ।

यतिमात्र होइन उनका श्रीमतीबाट जन्मिएका छोरा छोरी र बुहारी गरी १ सय ८१ जनाको परिवार छ । अर्को रमाइलो कुरा के छ भने उनीहरु सबै जना एउटै घरमा बस्छन् ।

जिओनाले ३९ श्रीमती, ९४ सन्तान, १४ बुहारी र ३३ नातिनातिनासहित जम्बो परिवारलाई पाल्दै आएका छन् । डेली न्युजमा जनाइए अनुसार उनको परिवार एसियाकै सबैभन्दा ठूलो हो ।

पेसाले सिकर्मी रहेका जिओनाको भारतको बख्तबाङ गाउँमा चारतले पक्की घर छ । जुन घरमा एक सय जति कोठा छन् । त्यहाँ उनका परिवारका सबै सदस्यलाई अटाउँछन् । अनि उनीहरु हाँसीखुसी र मिलीजुली बस्छन् । उनका सन्तान यति आज्ञाकारी छन् की घरका अभिभावकले अह्राएको सबै काम मिलेर गर्छन् र बाँडीचुँडी खान्छन् । जिओनाले परिवारलाई सेनाको जस्तै अनुशासनमा राखेका छन् ।

डेलि न्युजलाई जिओनाले बनाएअनुसार, उनको पहिलो विवाह १७ वर्ष उमेरमा भएको थियो । उनकी तीनै प्रथम श्रीमतीले सबैलाई काम अह्राउने गरेकी छिन् । उनले ३९ जना श्रीमती कसरी भित्र्याए ? धेरैको जिज्ञासा यही नै रहने गरेको छ ।

तर यसबारे उनी भन्छन् – गाउँकी निर्धन महिलासँग विवाह गर्छु र तिनलाई चाहिने सबै कुरोको चाँजोपाँजो पनि मिलाउँछु । विशाल बैजनी कंक्रिटबाट निर्मित मेरो जिओना हबेलीमा नव आगन्तुक श्रीमतीलाई सबैले हाँसीखुसी स्वागत गर्छन् । सम्मान पनि ती सबैले बराबरै पाउँछन् ।

समाचारमा जनाइएअनुसार, जिओनाको घरमा प्रतिदिन ३० किलो कुखुराको मासु, ६० किलो आलु र झन्डै ५० किलो चामलको भात पाक्नेगर्छ । यी सबैको न्यूनतम नेपाली मूल्य जोड्ने हो भने कुल रकम १३ हजार रुपैयाँ प्रतिदिन पर्न आउँछ ।

यसरी उनको परिवारमा वार्षिक रूपमा १ लाख ५६ हजार रुपैयाँ त खानामै खर्च हुने गर्छ । अझ यो खर्चमा औषधि उपचार, कपडालगायतका अन्य समावेश गरिएको छैन । यद्यपी जिओनाले सबै कुरा व्यवस्थाप गर्दै आएका छन् । उनले डेलि न्युजलाई आफू भाग्यशाली रहेको बताएका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ५ : ५२ बजे

रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण

काठमाडौँ – निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार इन्जिनियर जगदीश

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

बागमती – मकवानपुरको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको

निर्वाचनमा बालबालिकाको प्रयोग नगर्न अनुरोध

काठमाडौं – राष्ट्रिय बालअधिकार परिषद्ले निर्वाचनका समयमा बालबालिकाको प्रयोग गर्न/गराउन

पत्रकार गीता अधिकारीको गीति एल्बम ‘भावस्पनदन’ सार्वजनिक

काठमाडौं – पत्रकार तथा गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनमा गीति

एकै थलोमा तीन सय ५० रैथाने कृषि प्रजातिको प्रदर्शन

गण्डकी – पोखरा महानगरपालिका–३१ सुन्दरीडाँडामा सम्पन्न पोखरा महानगरस्तरीय कृषि जैविक