जापानद्वारा नेपाललाई ६३ करोड ९९ लाख अनुदान सहयोग « Khabarhub

जापानद्वारा नेपाललाई ६३ करोड ९९ लाख अनुदान सहयोग


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जापान सरकारले विद्यालय क्षेत्र सुधार कार्यक्रम तथा मानव संशाधन विकास परियोजना कार्यान्वयनका लागि नेपाललाई ६३ करोड ९९ लाख अनुदान सहायता उपलब्ध गराउने भएको छ ।

अर्थ सचिव डा. राजन खनाल र नेपालका लागि जापानका राजदुत मासामिची साईगोको उपस्थितिमा जाईका, नेपालकी प्रमुख प्रतिनिधि यूमिको आसुकुमा र अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालबीच ती दुई परियोजना कार्यान्वयनका लागि ६३ करोड ९९ लाख अनुदान सहायता प्रदान गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

जापानले सन् २०१५ बाट नेपालमा सहायता उपलब्ध गराउँदै आएको ती दुई परियोजनामा थप ६३ करोड ९९ लाख अनुदान सहायता उपलब्ध गराउने समझदारी गरिएको अर्थसचिव खनालले जानकारी दिए ।

नेपालका लागि जापानका राजदुत मासामिचीले नेपालको दीगो विकासका लागि शिक्षा तथा मानव संशाधन विकासको क्षेत्रमा संचालित परियोजनालाई आर्थिक सहायता उपलब्ध गराउने कामलाई निरन्तरता दिइएको बताए ।

जापानले नेपालको दिगो विकासका लागि पूर्वाधार, शिक्षालगायतका क्षेत्रका आर्थिक तथा प्राविधिक सहायता उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  ७ : ३६ बजे

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा