स्वतन्त्रता खोस्ने विधेयक नसुधारे आन्दोलनः सभापति देउवा | Khabarhub Khabarhub

स्वतन्त्रता खोस्ने विधेयक नसुधारे आन्दोलनः सभापति देउवा


६ श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले मिडिया काउन्सिल, मानवअधिकारलगायत प्रेस स्वतन्त्रता मानव अधिकार र लोकतान्त्रिक मूल्य मान्यतालाई कमजोर बनाउने विधेयक सुधार नगरे आन्दोलनमा उत्रन बाध्य हुने बताएका छन् ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ३७औँ स्मृति दिवसका अवसरमा बिपी सङ्ग्रहालय समिति सुन्दरीजलले सोमबार जोरपाटीमा आयोजना गरेको बिपी कोइराला प्रजातन्त्र सेनानी पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्नुहुँदै उनले संविधानको भावना विपरीत स्वतन्त्रता कमजोर हुने गरी बनाइने कुनै पनि कानूनका विरुद्ध सदन र सडकमा आन्दोलनमा उत्रन तयार रहन कार्यकर्तालाई निर्देशन दिए ।

बिपी राजनीति, दर्शन र साहित्यको त्रिवेणीका रुपमा नेपाली समाजमा स्थापित हुनुभएको पूर्वप्रधानमन्त्री देउवाको भनाइ थियो । कार्यक्रममा काङ्ग्रेस सह–महामन्त्री डा प्रकाशशरण महतले लोकतान्त्रिक मूल्य मान्यताका जगमा मात्र समृद्ध नेपाल र सुखी नेपालीको नारा सफल हुनसक्ने बताए ।

दुई तिहाई बहुमतको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकारका बेला स्थानीय तहदेखि केन्द्रसम्म संस्थागत भ्रष्टाचारका घटना बढेको उहाँको आरोप थियो ।

सो अवसरमा २०१५ सालको संसदीय निर्वाचनमा क्षेत्र नं २६ बाट निर्वाचित सांसद ९४ वर्षीय तेजमान तुम्बाहाम्फे, बराह नगरपालिका सुनसरीका रवीन्द्र राई र सुनसरीकै मिसरु मियाँलाई नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदानको कदर गर्दै रु एक÷एक लाख राशिको पुरस्कार प्रदान गरिएको थियो ।

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार  १० : ३० बजे

जोय स्टोर र प्रभु बैंकबीच छुट सम्झौता

काठमाडौं–  काठमाडौंको न्युरोडस्थित जोय स्टोर र प्रभु बैंक लिमिटेडबीच बैंकका

कविता : चिहानबाट उठेकी नेतान्याहुकी आमा

शिशुहरूको चित्कारले निद्रा खुलेपछिवयस्कहरूको क्रन्दनले मुटु हल्लिएपछिकेही त सम्झाऊ छोरालाई

हिन्दुकुश हिमालय संसदीय बैठकको तयारी पूरा, उद्घाटन सोमबार

काठमाडौं– ‘हिन्दुकुश हिमालय क्षेत्र’मा पर्ने मुलुकका संसद्बीच साझा धारणा, संवाद

काठमाडौंमा आइपुग्यो उड्ने कार,  नाडा अटो शोमा प्रदर्शन हुने 

काठमाडौं– उड्ने कार काठमाडौंमा आइपुगेको छ । नाडा अटोमोबाइल्स एशोसिएसन

सन् २०३६ अघि शुक्र ग्रह भ्रमण गर्ने रुसको योजना

भ्लाडिभोस्टोक– रुसले आफ्नो भेनेरा–डी अन्तरग्रहीय मिसनमार्फत सन् २०३६ भन्दा अघि