टाउको दुख्यो, माइग्रेन भएको त छैन ? यी कुरामा ध्यान दिनुस् « Khabarhub

टाउको दुख्यो, माइग्रेन भएको त छैन ? यी कुरामा ध्यान दिनुस्


५ भदौ २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कुनै रोग वा कारण विना नै अत्याधिक टाउँको दुख्छ ? टाउँको दुखेर अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदा कुनै समस्या देखिदैन ?

यदी यस्तो समस्या छ भने, तपाईलाई माइग्रेन भएको हुनसक्छ । माइग्रेनको समस्या पुरुष भन्दा महिलामा बढी हुन्छ । महिलामा हुने हर्मोनको परिवर्तनले माइग्रेन हुनसक्छ । यस्तै परिवार नियोजनका साधान प्रयोग गर्ने महिलाहरुमा माइग्रेनको समस्या हुन्छ ।

माइग्रेन भएको कसरी थाहा पाउने ?

–टाउकोको एकापट्टि भागमा अत्याधिक पीडा हुने गरी दुख्छ,

–चार घण्टादेखि ७ दिनसम्म टाउको दुख्ने,

–दुखाइसँगै वाक-वाक लाग्ने, वान्ता हुने समस्या उत्पन्न हुन्छ,

–टाउको दुख्दा चिडचिडापन बढ्छ,

–झर्को लाग्ने,

–बत्तिको उज्यालो मन नपर्ने,

–काम गर्दा दुखाई बढ्ने ।

माइग्रेनको समस्या भएका व्यक्तिलाई विभिन्न कारणले समस्या बढ्न सक्छ । त्यसैले माइग्रेनका बिरामीले माइग्रेन हुनसक्ने कारक तत्वहरुबाट सधै सचेत रहनुपर्छ ।

माइग्रेनका बिरामीले यस्ता कुरामा ध्यान दिनुस्

–चर्को घामले माइग्रेन बढ्ने हुँदा घाममा निस्किँदा ख्याल गर्नुपर्छ,

–धेरै गर्मी, धेरै जाडो मौसमले पनि माइग्रेन हुनसक्छ,

– चर्को आवज तथा होहल्लामा नबस्ने,

–तनाब बढी लिएमा माइग्रेन बढ्नसक्छ त्यसैले तनाब व्यवस्थापन गरेर खुसी रहनुपर्छ,

–निद्रा पुगेन वा धेरै सुत्दा पनि माइग्रेन हुन सक्छ । त्यसैले पर्याप्त मात्रामा सुत्ने,

–कफी, चकलेट, मदिरा सेवनले पनि माइग्रेन हुनसकछ । माइग्रेनका बिरामीले यस्ता खानेकुरा सकेसम्म नखानु उपयुक्त हुन्छ,

–अजिनोमोटो हालिएको खानेकुराले पनि माइग्रेन बढाउन सक्छ,

–पर्फ्युम, पेट्रोल, डिजेलको गन्धले पनि माइग्रेन हुनसक्छ ।

प्रकाशित मिति : ५ भदौ २०७६, बिहिबार  ६ : ३४ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको