प्रधानमन्त्री ओली साढे १ बजे सिंगापुर जाने « Khabarhub

प्रधानमन्त्री ओली साढे १ बजे सिंगापुर जाने


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि आज (बिहीबार) सिंगापुर जाँदै छन् । दिउँसो साढे १ बजेको उडानबाट प्रधानमन्त्री सिंगापुर प्रस्थान गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

थाई एयरमार्फत सिंगापुर जाने प्रधानमन्त्री ओलीसँगै प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा. दिव्या सिंहलगायत पनि सिंगापुर जाने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले सिंगापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गराउने छन् । यसअघि पनि उनले त्यही स्वास्थ्य परीक्षण गराएका थिए । अघिल्लोपटक स्वास्थ्य परीक्षणका लागि ९ दिन सिंगापुरमा बिताएका प्रधानमन्त्री ओली यसपटक कति समय त्यहाँ रहन्छन् भन्नेबारे केही पनि बताइएको छैन ।

सिंगापुरमै स्वास्थ्य परीक्षण गराएर गत साउन २७ गते फर्किएका प्रधानमन्त्री ओली १० दिनपछि फेरि त्यसतर्फ जान लागेका हुन् ।

प्रधानमन्त्री ओली मिर्गौलाको विरामी हुन् । उनले १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका थिए । मिर्गौला प्रत्यारोपणपछि भारत र बैंकक गएर स्वास्थ्य परीक्षण गर्ने गरेका प्रधानमन्त्रीले बीचमा स्वदेशमै उपचार गराएका थिए । तर, उनी गत साउन १८ गते सिंगापुर गएका थिए ।

उपचारका लागि विदेश जाने भएकाले नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक बिहानलाई बोलाइएको छ । बिहान ८ बजेका लागि बोलाइएको बैठकमा बुधबार भएका छलफललाई निष्कर्षमा पुर्‍याउने र पार्टी भित्र देखिएको सामान्य असहमझदारीलाई टुंग्याउने गरी छलफल हुने सचिवालयले जनाएको छ ।

बैठक सकेपछि प्रधानमन्त्री दिउँसो १ बजे विमानस्थलका लागि प्रस्थान गर्नेछन् ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  ७ : ३१ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले