सीमामा बस्नेलाई डुबानको अनुभव नै हुन नदिने गरी काम गरिने « Khabarhub

सीमामा बस्नेलाई डुबानको अनुभव नै हुन नदिने गरी काम गरिने


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठकमार्फत दुई मुलुकबीच सम्बन्ध प्रगाढ बनाउने विषयमा छलफल भएको छ । नेपाल–भारतका समग्र विषय समेटिएका ८० बुँदामा माइनुट भएको परराष्ट्र सचिव शंकरदास बैगारगीले जानकारी दिए ।

दुई पक्षबीच रामायण र बुद्धिष्ट सर्किट तत्काल विकास गर्ने, दुई पक्षीय व्यापार सहज गर्न सीमा क्षेत्रमा पूर्वाधार र उपकरण थपिने, सीमामा बस्नेलाई डुबानको अनुभव नै हुन नदिने गरी काम गर्ने लगायतका विषयमा सहमति भएको छ ।

बैठकमा नेपाल र भारतबीच पाँच फरक फरक ‘क्लस्टर’ बनाएर तीन दर्जनभन्दा बढी संयन्त्रले तयार पारेको विभिन्न विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्रीस्तरीय भ्रमणका समयमा भएका समझदारी कार्यान्वयन गर्ने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले बताए ।

छलफल राजनीति, सीमा सुरक्षा/सिमांकन, व्यापार /पारवहन, उर्जा/जलस्रोत र शिक्षा, संस्कृति र पर्यटनका साथै दुई पक्षीय सम्बन्ध र चासोका विषयमा केन्द्रित रहेको परराष्ट्रको विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी नेपाल–भारत प्रबुद्ध समूह (इपीजी)ले तयार पारेको प्रतिवेदन ईपीजीकै सचिवालयमार्फत दुवै देशका प्रधानमन्त्रीलाई तत्काल बुझाइने भएको छ ।

बैठकमा सहभागी एक अधिकारकी अनुसार नेपाली पक्षले ईपीजी प्रतिवेदन समीक्षासँगै पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, माथिल्लो कर्णाली, गण्डक, सीमामा हुने डुबान लगायतका विषयलाई विशेष महत्व दिइएको थियो ।

भारतले नेपाली सीमा नजिकसम्म साना पानी जहाज ल्यान प्रयोग गरिरहेको ‘क्यानल’को विषयमा पनि छलफल भएको सहभागीले बताए ।

कोशी उच्च बाँध र सुनकोसी कमला डाइभर्सन विवादलाई विज्ञ टोली गठन गरेर भए पनि समाधन गर्ने विषयमा छलफल भएको थियो ।

आयोग गठन भएको २२ वर्षपछि २०७१ साउनमा तेस्रो बैठक बसेको थियो । दुई पक्षबीच त्यसपछिका सहमति र २०७३ कात्तिकमा दल्लीमा भएको आयोगको चौथो बैठकले अघि बढाएको विषयमा समेत छलफल भएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  ८ : १० बजे

शत्रुलाई ‘झट्का’ दिएको इरानका नयाँ सर्वोच्च नेताको दाबी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शुक्रबार अमेरिका र

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग