काठमाडौं– एसियन क्रिकेट काउन्सिल (एसीसी) यु–१९ एसिया कपका लागि नेपाली युवा टोलीको घोषणा भएको छ । रोहित कुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ ।
एसीसी इस्टर्न रिजन क्रिकेका क्रममा टोलीमा नपरेका सन्दीप जोरा, आसिफ शेख र सूर्य तामाङले एसिया कपका लागि छनोट भएको १५ सदस्यीय टोलीमा स्थान बनाएका छन् ।
टोलीका कप्तान पौडेलसँगै रित गौतम, पवन शरार्फ, मोहम्मद आसिफ शेख, सन्दिप जोरा, भीम सार्की, हरि बहादुर चौहान, कुसल मल्ल, राशिद खान, कमलसिंह ऐरी छन् । यस्तै, सागर ढकाल, खड्क बहादुर बोहरा, सूर्य तामाङ, लोकेस बहादुर बम र प्रतिश जिसी टोलीमा छन् ।
यस्तै, टोलीको मुय प्रशिक्षकमा विनोद कुमार दास र ब्याटिङ कन्सल्ट्यान्टका रुपमा अपुर्व देशाइ रहेका छन् भने राजु खड्का टिमको व्यवस्थापक छन् । श्रीलंकामा हुने एसिया कपका लागि घोषणा भएको टोलीमा फिजियोमा विक्रम न्यौपाने र ट्रेनरमा सुवास पेट्रो रहेका छन् ।
युवा टोली श्रीलंका आउँदो शनिबार प्रस्थान हुनेछ भने त्यहाँ रहँदा तीन खेल खेल्ने बताइएको छ । एसिया कप भने सेप्टेम्बर ५देखि १४ सम्म चल्नेछ ।
प्रतिक्रिया