स्वास्थ्य उपचारका लागि प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान « Khabarhub

स्वास्थ्य उपचारका लागि प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान

५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट

0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि बिहीबार सिंगापुर प्रस्थान गरेका छन् । प्रधानमन्त्री ओली दिउँसो साढे १ बजे थाई एयरको विमानबाट सिंगापुर प्रस्थान गरेका हुन् ।

दुईसाता अघि स्वास्थ्य उपचार गराएर स्वदेश फर्किएका ओली थपउपचारका लागि सिंगापुर गएका हुन् । १२ वर्ष अघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको क्रियाटिनिनको मात्रा नरोकिएपछि विशेष औषधिउपचारका लागि आज सिंगापुर गएका हुन् ।

मिर्गौला रोग विशेषज्ञ चिकित्सकहरुका अनुसार प्रधानमन्त्रीको क्रियाटिटन बढ्नुको अर्थ मिर्गौला पुनः विग्रनु हो ।

डा काफ्लेका अनुसार प्राय मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिमा प्रत्यारोपण गरेको ५ वर्ष पछि मिर्गौलामा पुनः समस्याहरु आउँछ । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरेको १२ वर्ष भइसकेकाले मिर्गौलामा पुनः समस्या आएको हुनसक्ने डा काफ्लेको भनाइ छ ।

‘प्रधामन्त्री ओलीले मिर्गौला प्रत्यारोपण गरेको १२ वर्ष भयो, प्रत्यारोपण गरेको मिर्गौला सधै स्वास्थ्य भइरहदैन, क्रियाटिनिन बढ्नुको अर्थ भनेको मिर्गौला विग्रनु हो,’ डा काफ्लेले खबरहबसँग भने, ‘त्यो क्रियाटिनिन बढ्नुको कारण भनेको औषधि असर, पिसाब सम्बन्धि समस्या, वा मिर्गौला सुक्नु हो, मिर्गौला सुक्दै गएमा त्यो मिर्गौला विग्रन्छ, फेरी प्रत्यारोपण गर्नुपर्छ ।’

प्रधानमन्त्रीको प्रत्यारोपण गरेको मिर्गौलामा पुनः खराबी आउन थालेकाले उहाँलाई सिंगापुर लान तयारी भएको हुनसक्ने डा काफ्लेको भनाइ छ । प्रधानमन्त्री ओलीको मिर्गौला जोगाउन विशेष प्रकारको उपचारका लागि सिंगापुर जान लागेको हुनसक्ने डा आफ्ले बताउँछन् ।

डा काफ्लेका अनुसार प्राय मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिमा प्रत्यारोपण गरेको ५ वर्ष पछि मिर्गौलामा पुनः समस्याहरु आउँछ । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरेको १२ वर्ष भइसकेकाले मिर्गौलामा पुनः समस्या आएको हुनसक्ने डा काफ्लेको भनाइ छ ।

‘प्रधामन्त्री ओलीले मिर्गौला प्रत्यारोपण गरेको १२ वर्ष भयो, प्रत्यारोपण गरेको मिर्गौला सधै स्वास्थ्य भइरहदैन, क्रियाटिनिन बढ्नुको अर्थ भनेको मिर्गौला विग्रनु हो,’ डा काफ्लेले खबरहबसँग भने, ‘त्यो क्रियाटिनिन बढ्नुको कारण भनेको औषधि असर, पिसाब सम्बन्धि समस्या, वा मिर्गौला सुक्नु हो, मिर्गौला सुक्दै गएमा त्यो मिर्गौला विग्रन्छ, फेरी प्रत्यारोपण गर्नुपर्छ ।’

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  २ : ०० बजे

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी

दुई घण्टाअघि नै खुलामञ्चमा पुग्न थाले प्रतिनिधि (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज काठमाडौंको

स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध

म्याड्रिड– अत्यधिक वर्षाका कारण उत्तरपूर्वी स्पेनमा बाढीको जोखिम बढेपछि अधिकारीहरूले

कांग्रेस महाधिवेशनमा सीके राउत पनि उपस्थित नहुने

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत