हजार किलोमिटरको यात्रा गर्ने १० देखि १४ वर्षका बालबालिका « Khabarhub

हजार किलोमिटरको यात्रा गर्ने १० देखि १४ वर्षका बालबालिका


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कहिलेकाहीँ विश्वमा अनौठा घटना घट्छन् । जसलाई पत्याउन निकै मुस्किल हुने गर्दछ । अस्ट्रेलियामा यस्तै पत्याउन नसकिने खालको एउटा अनौठो घटना भएको छ । अस्ट्रेलियाको रक ह्याम्पटनबाट ४ जना बालबालिकाले घरबाट सुटुक्क लिएर हिडेको कारमा १ हजार किमिको यात्रा गरेका छन् ।

नेपालको मेचिदेखि महाकालिसम्मको पूर्व पश्चिम राजमार्ग जतिकै लामो सडक यात्रामा निस्कने ति बालबालिकाको उमेर भने मात्र १० देखि १४ बर्ष सम्मको थियो । उनीहरुले अभिभावक वा अन्य कुनै चालक विना नै आफैं गाडी चलाएर त्यति लामो सडक पार गरेका थिए ।

अस्ट्रेलिया घुम्ने योजनासहित सुटुक्क घरबाट कार चोरेर हिडेका उनीहरुलाई अन्ततः प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार रकह्याम्पटनबाट मोटर लिएर हिडेका ती बालबालिका २ दिनपछि न्यू साउथवेल्स पुगेका थिए । त्यहा“ इन्धन भर्ने क्रममा रकम दिन नसक्ने भएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी आउनासाथ गाडीभित्रै बसेका उनीहरुको उद्धार गर्न प्रहरीले मेकानिकको सहायता लिनु परेको थियो । ३ बालक र १ बालिकाको सो समुहले कार चोरेर ‘वनभोज’ खानेभन्दै घुम्न निस्किएको प्रहरीले अनुसन्धान पछि बताएको छ ।

प्रहरीले उनीहरुको साथबाट केही रकम, खाना, माछा मार्ने रडजस्ता सामाग्रि समेत बरामद गरेको थियो ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  १ : २६ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा