रविले प्रहरीसँगको वयानमा झूट बोलेका हुन् ? | Khabarhub Khabarhub

रविले प्रहरीसँगको वयानमा झूट बोलेका हुन् ?


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने अहिले प्रहरी नियन्त्रणमा छन् ।

रविका अतिरिक्त न्यूज २४ टेलिभिजन कार्यक्रममा कार्यरत युवराज कँडेल र नर्स रुकु भनिने अस्मिता कार्की पनि प्रहरी नियन्त्रणमा छन् ।

प्रहरीले गत बिहीबार तीनैजनालाई काठमाडौंबाट नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिइएको दोस्रो दिन (शुक्रबार) जिल्ला अदालतमा पेश गरिएको थियो ।

प्रहरीले उनीहरुमाथि शालिकराम मृत्यु प्रकरणमा आत्यहत्या गर्न दुरुत्साहन गरेको कसुरमा अनुसन्धान गरिरहेको छ ।

चितवन जिल्ला अदालतले तीनैजनामाथि अनुसन्धान गर्न पहिलोपटक ५ दिन र दोस्रो पटक पनि ५ दिन म्याद थप गरेको छ ।

पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानमा रहेको चितवन प्रहरीले रवीसहित तीनैजनाको बयान लिइसकेको छ । प्रहरीका अनुसार रुकु भनिने अस्मिता कार्कीको भिडियो बयान लिइएको छ भने युवराज कँडेलको लिखित बयान लिइएको छ । रवि लामिछानेको पनि लिखित बयान लिइएको छ ।

मृत भेटिएका पत्रकार शालिकराम पुडासैनी

रविले झूट बोले ?

प्रहरीले शालिकराम प्रकरणमा प्राप्त भिडियो तथा अन्य प्रमाण र पोस्टमार्टम रिपोर्टको प्रारम्भिक विश्लेषण पछि रविसँग बयान लिन शुरु गरेको थियो । रवि जिल्ला सरकारी वकिल कार्यालय चितवनका प्रतिनिधिको रोहबरमा प्रहरीलाई बयान दिन राजी भएका थिए ।

तर, रविले बयानका क्रममा ‘थुप्रै झूटा’ कुरा उल्लेख गरेको अनुसन्धानमा संलग्न एक अधिकारीले दाबी गरे ।

अनुसन्धान अधिकारीका अनुसार रविले यसअघि आफ्नो फेसबूकमा लेखिएका स्टाटसका सम्बन्धमा समेत झूट बोलेका छन् ।

बयानका क्रममा रविलाई ‘शालिकरामको आत्महत्याबारे कसरी थाहा भयो ?’ भनेर सोधिएको थियो । रविले उक्त कुरा सञ्चारमाध्यमबाट थाहा पाएको बताएका छन् ।

त्यसपछि शालिकरामले ‘आत्महत्या’पूर्व मोबाइलमा रेकर्ड गरेको भिडियोबारे पनि बयानमा प्रश्न सोधियो । तर, रविले भने आफूले उक्त भिडियोबारे आफूलाई कुनै जानकारी नभएको बयान दिएका छन् ।

साथै, पुडासैनीले उनीमाथि लगाएका आरोपका बारेमा समेत प्रहरीले बयानका क्रममा प्रश्न सोधेको थियो । तर, रविले पुडासैनीले लगाएका आरोपबारे आफूलाई केही थाहा नभएको बताए ।

पुडासैनीले भिडियोमा बोलेको कुरा उल्लेख गर्दै प्रहरीले रविसँग बयानका क्रममा प्रश्न सोधेको थियो । जवाफमा रविले ती सबै कुरा गलत र निराधार भएको बताएका छन् ।

तर, खबरहबको सम्पर्कमा आएका अनुसन्धान अधिकारी भने बयानका क्रममा रविले आफ्नै फेसबूक स्टाटसलाई गलत प्रमाणित गर्ने गरी झूट बोलेको बताउँछन् ।

अनुसन्धान अधिकारीका अनुसार पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि रेडर्क गरिएको भिडियो सार्वजनिक भएपछि फेसबूकमा एउटा सन्देश (स्टाटस) लेखेका छन् । जसमा उनले भनेका छन्– सारा आरोप सुन्दा लाग्यो शालिकरामलाई ठूलो भ्रम परेको रहेछ ।

रविले उक्त फेसबूक स्टाटसमा लेखेका छन्, ‘आरोप लगाउने मरेर गएपनि आरोप खेप्ने म जिउँदै छु । मर्नेले लगाएको एउटा मात्रै आरोप प्रमाणित होस्, र हदेसम्मको सजाय होस् । थप जानकारी केही समयमा गराउने छु । सारा आरोप सुन्दा लाग्यो शालिकरामलाई ठूलो भ्रम परेछ ।’

पत्रकार पुडासैनीले ‘आत्महत्या’ अगाडि रेकर्ड गराएको भनिएको भिडियो सार्वजनिक भएको दिन (साउन २९ गते बुधबार) अपराह्न ४ः४९ बजेतिर रविले उक्त स्टाटस फेसबूकमा अपलोड गरेका छन् ।

अनुसन्धान अधिकारी यही विषयमा प्रश्न गर्दै भन्छन्, ‘यदि उनलाई भिडियोका विषयमा कुनै जानकारी थिएन । प्रहरीले सुनाउनुभन्दा अगाडि पुडासैनीले लगाएका आरोपबारे पनि केही थाहा थिएन भने त्यो दिन फेसबूकमा कुन आधारमा स्टाटस लेखे ? यो त सरासर झूट बोल्ने काम भएन र ?’

यद्यपि, अहिलेसम्म प्राप्त प्रमाणहरुको थप विश्लेषण गर्दै अनुसन्धान कार्य जारी रहेको ती अनुसन्धान अधिकारीको भनाइ छ ।

न्यूज २४ को ल्याण्डलाइनबाट रुकुलाई पटक पटक फोन

अनुसन्धानका क्रममा प्रहरीले रवि लामिछाने, युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीको कल डिटेल निकालेर पनि अनुसन्धान गरेको छ ।

रुकु भनिने अस्मिता कार्कीको कल डिटेल हेर्दा रविले सञ्चालन गर्ने ‘सिधा कुरा जनतासँग’ कार्यक्रमको प्रसारण संस्था न्यूज २४ टेलिभिजनको ल्याण्डलाइन नम्बरबाट उनलाई पटक पटक फोन गएको देखिएको चितवन प्रहरी स्रोतको भनाइ छ ।

यस्तो फोनमा अधिकत्तम ५ देखि ६ मिनेटसम्म कुराकानी भएको देखिएको खबरहबको सम्पर्कमा आएका अनुसन्धान अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  ४ : ३० बजे

इरानमा राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना, खोजी जारी

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर आइतबार खराब

जैविक विविधता संरक्षणमा डब्लुडब्लुएफको योगदान प्रशंसनीय : वनमन्त्री सुडी

काठमाडौं – वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जैविक विविधता

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ

कामठाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो

रविले बोले पनि फुकेन संसदको गाँठो

काठमाडौं- प्रतिनिधिसभा बैठकमा भइरहेको अवरोध हटाउने सत्तापक्ष र प्रतिपक्षको केही

बर्दियामा पाटेबाघ मृतावस्थामा फेला

बर्दिया – बर्दियाको मधुवन नगरपालिका–४ का कालिका सामुदायिक वनमा मृतावस्थामा