विप्लवका छोरा प्रकाशले गरे काठमाडौंमा पत्रकार सम्मेलन, आन्दोलन गर्ने चेतावनी « Khabarhub

विप्लवका छोरा प्रकाशले गरे काठमाडौंमा पत्रकार सम्मेलन, आन्दोलन गर्ने चेतावनी


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्दले काठमाडौंमा पत्रकार सम्मेलन गरेर मेडिकल माफिया विरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

चिकित्सा शिक्षा संघर्ष समिति बनाएर चन्दले आन्दोलन गर्ने बताए । पछिल्लो समय मेडिकल क्षेत्रमा देखिएका तमाम समस्याका बारेमा आफुहरुले आन्दोलन गर्ने चन्दले पत्रकार सम्मेलनमा बताए ।

विप्लव पुत्रले पत्रकार सम्मेलन गर्ने जानकारी पाएपछि रिपोर्टर्स क्लबमा व्यापक मात्रामा प्रहरी परिचालन गरिएको थियो भने प्रहरीले पत्रकार सम्मेलन हुनुपुर्व कार्यक्रममा को को सहभागी हुने भन्दै केरकार गरेको थियो ।

सम्मेलनमा पार्टी सम्बद्घ पत्रकार संगठन जनपत्रकार संगठन नेपालका केन्द्रीय अध्यक्ष लगायत पदाधिकारीको सहभागीता रहेको थियो ।

नेपालको संविधानले शिक्षा र स्वास्थ्यको बिषयलाई नागरिकको मौलिक हकका रूपमा किटान गरिसकेको अवस्थामा शिक्षा र स्वास्थ्य दुवै क्षेत्रलाई अहिले दलाल, माफिया र भ्रष्टहरुले निजीकरण गर्दै लुट मच्चाएर व्यापारको साधनका रूपमा प्रयोग गरिरहेको आरोप चन्दले लगाएका छन् ।

संविधानले ग्यारेन्टी गरेको आम नागरिकको मौलिक अधिकारीमाथि माफीया र दलालहरुले दास मानसिकताको व्यवहारमा गरिरहेका र त्यो निन्दनीय भएको उनको भनाइ छ ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  ५ : २१ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना