शालिकरामको परिवारले समेत न्याय पाउनुपर्छ– धुर्मुस « Khabarhub

शालिकरामको परिवारले समेत न्याय पाउनुपर्छ– धुर्मुस


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार तथा अभियन्ता सीताराम कट्टेल धुर्मुसले चितवनमा मृत फेला परेका पत्रकार शालिकराम पुडासैनीको परिवारले न्याय पाउने गरी निष्पक्ष छानबिन हुनुपर्ने धारणा राखेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबूकमा आफ्ना धारणा सार्वजनिक गर्दै सबैको आवाज निष्पक्ष छानबिन भएकोमा जोड दिएका छन् । ‘सबैको आवाज दोषी नउम्कियोस्, निर्दोष नफसोस् भन्ने नै हो, पत्रकार स्व. शालिकराम पुडासैनीको आत्महत्यासँगै भष्ट्राचार, अन्याय, ढिलासुस्ती र अनियमितताका विरुद्ध र दुःखीपीडितहरुको पक्षमा वकालत गर्ने निर्भिक व्यक्तित्व रवि लामिछाने दाइ अनुसन्धानका लागि पक्राउ परेपछि उत्पन्न परिस्थितिले हामी सबै दुःखी बनेको अवस्था हो,’ उनले भनेका छन् ।

कट्टेलले घटनालाई अतिरञ्जित नबनाई सत्यतथ्य रुपमा छिटोभन्दा छिटो सार्वजनिक गर्न पनि आग्रह गरेका छन् । उनले भनेका छन्, ‘आशा गरौँ, शालिकराम पुडासैनीको परिवारले समेत न्याय पाउने वातावरण सिर्जना गर्न अनुसन्धानमा अब्बल मानिने नेपाल प्रहरी सफल हुनेछ र सत्यको जीत हुनेछ ।’

पत्रकार शालिकराम पुडासैनी चितवनको कंगारु होटलमा झुण्डिएको अवस्थामा शव फेला परेका थिए । उनले आत्महत्या गर्नु पूर्व रेकर्ड गरेको भनिएको  भिडियोमा रवि लामिछाने, अस्मिता कार्की र युवराज कँडेलका कारण आत्महत्या गर्ने अवस्था बनेको आरोप लगाएका छन् । भिडियो सार्वजनिक भएपछि प्रहरीले तीनै जनालाई अनुसन्धानका लागि भन्दै पक्राउ गरेको थियो । उनीहरुमाथि अनुसन्धान गर्न भन्दै अदालतले प्रहरीलाई दुईपटक गरेर १० दिनको समय उपलब्ध गराएको छ ।

यस्तो छ कट्टेलको पूरा स्टाटस:

अदालतले अनुसन्धानको लागि भन्दै ५ दिनको म्याद थपेको अवस्थामा हामी सबैको एउटै आवाज हो, निष्पक्ष छानबिन । सबैको आवाज ‘दोषि नउम्कियोस्, निर्दोष नफसोस्’ भन्ने नै हो । पत्रकार स्व.शालिकराम पुडासैनीको आत्महत्या (पोष्टमार्टम रिपोर्ट अनुसार) संगै भ्रष्टाचार, अन्याय, ढिलासुस्ती र अनियमितताका विरुद्ध र दुःखीपीडितको पक्षमा वकालत गर्ने निर्भिक व्यक्तित्व रवि लामिछाने दाई अनुसन्धानका लागि पक्राउ परेपछि उत्पन्न परिस्थितीले हामी सबै दुःखी बनेको अवस्था हो ।

समाज परिवर्तनका लागि सकारात्मक कार्यहरु गर्ने कोही पनि अन्यायमा पर्नु भनेको न्याय क्षेत्रमाथी नै प्रश्नचिन्ह उठ्ने वातावरण बन्नु हो । आशा गरौं, शालिकराम पुडासैनीको परिवारले समेत न्याय पाउने वातावरण सिर्जना गर्न अनुसन्धानमा अब्बल मानिने नेपाल प्रहरी सफल हुनेछ र सत्यको जित हुनेछ।

साथै घटनालाई अतिरञ्जित नबनाई सत्यतथ्य छिटो भन्दा छिटो सार्बजनिक गर्नका लागि अनुसन्धानरत पक्षसँग अनुरोध गर्दछु ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  ५ : ४४ बजे

ओलीलाई गृहप्रदेशकै नेताहरूको सन्देश : पार्टी पुनर्गठन गरौँ, तपाईं नेतृत्वबाट बिदा हुनुस्

काठमाडौं– नेकपा एमालेले फागुन २१ गतेको निर्वाचनको लज्जास्पद हारबारे सुझाव

मलेसियाको आन्तरिक पर्यटन ११ प्रतिशतले बढ्यो

एजेन्सी– मलेसियामा सन् २०२५ मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव

विगतका बजेटले दलितलाई ढाँटे, अहिले सुधारमुखी छ : सचेतक परियार

काठमाडौं– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले

स्वास्थ्य बिमाका लागि थप भुक्तानी प्रक्रिया अगाडि बढ्यो

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले देशका विभिन्न २०२ सेवा प्रदायक अस्पताललाई

नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक सम्पन्न

काठमाडौं- नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज काठमाडौंमा सम्पन्न