शालिकरामको परिवारले समेत न्याय पाउनुपर्छ– धुर्मुस | Khabarhub Khabarhub

शालिकरामको परिवारले समेत न्याय पाउनुपर्छ– धुर्मुस


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार तथा अभियन्ता सीताराम कट्टेल धुर्मुसले चितवनमा मृत फेला परेका पत्रकार शालिकराम पुडासैनीको परिवारले न्याय पाउने गरी निष्पक्ष छानबिन हुनुपर्ने धारणा राखेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबूकमा आफ्ना धारणा सार्वजनिक गर्दै सबैको आवाज निष्पक्ष छानबिन भएकोमा जोड दिएका छन् । ‘सबैको आवाज दोषी नउम्कियोस्, निर्दोष नफसोस् भन्ने नै हो, पत्रकार स्व. शालिकराम पुडासैनीको आत्महत्यासँगै भष्ट्राचार, अन्याय, ढिलासुस्ती र अनियमितताका विरुद्ध र दुःखीपीडितहरुको पक्षमा वकालत गर्ने निर्भिक व्यक्तित्व रवि लामिछाने दाइ अनुसन्धानका लागि पक्राउ परेपछि उत्पन्न परिस्थितिले हामी सबै दुःखी बनेको अवस्था हो,’ उनले भनेका छन् ।

कट्टेलले घटनालाई अतिरञ्जित नबनाई सत्यतथ्य रुपमा छिटोभन्दा छिटो सार्वजनिक गर्न पनि आग्रह गरेका छन् । उनले भनेका छन्, ‘आशा गरौँ, शालिकराम पुडासैनीको परिवारले समेत न्याय पाउने वातावरण सिर्जना गर्न अनुसन्धानमा अब्बल मानिने नेपाल प्रहरी सफल हुनेछ र सत्यको जीत हुनेछ ।’

पत्रकार शालिकराम पुडासैनी चितवनको कंगारु होटलमा झुण्डिएको अवस्थामा शव फेला परेका थिए । उनले आत्महत्या गर्नु पूर्व रेकर्ड गरेको भनिएको  भिडियोमा रवि लामिछाने, अस्मिता कार्की र युवराज कँडेलका कारण आत्महत्या गर्ने अवस्था बनेको आरोप लगाएका छन् । भिडियो सार्वजनिक भएपछि प्रहरीले तीनै जनालाई अनुसन्धानका लागि भन्दै पक्राउ गरेको थियो । उनीहरुमाथि अनुसन्धान गर्न भन्दै अदालतले प्रहरीलाई दुईपटक गरेर १० दिनको समय उपलब्ध गराएको छ ।

यस्तो छ कट्टेलको पूरा स्टाटस:

अदालतले अनुसन्धानको लागि भन्दै ५ दिनको म्याद थपेको अवस्थामा हामी सबैको एउटै आवाज हो, निष्पक्ष छानबिन । सबैको आवाज ‘दोषि नउम्कियोस्, निर्दोष नफसोस्’ भन्ने नै हो । पत्रकार स्व.शालिकराम पुडासैनीको आत्महत्या (पोष्टमार्टम रिपोर्ट अनुसार) संगै भ्रष्टाचार, अन्याय, ढिलासुस्ती र अनियमितताका विरुद्ध र दुःखीपीडितको पक्षमा वकालत गर्ने निर्भिक व्यक्तित्व रवि लामिछाने दाई अनुसन्धानका लागि पक्राउ परेपछि उत्पन्न परिस्थितीले हामी सबै दुःखी बनेको अवस्था हो ।

समाज परिवर्तनका लागि सकारात्मक कार्यहरु गर्ने कोही पनि अन्यायमा पर्नु भनेको न्याय क्षेत्रमाथी नै प्रश्नचिन्ह उठ्ने वातावरण बन्नु हो । आशा गरौं, शालिकराम पुडासैनीको परिवारले समेत न्याय पाउने वातावरण सिर्जना गर्न अनुसन्धानमा अब्बल मानिने नेपाल प्रहरी सफल हुनेछ र सत्यको जित हुनेछ।

साथै घटनालाई अतिरञ्जित नबनाई सत्यतथ्य छिटो भन्दा छिटो सार्बजनिक गर्नका लागि अनुसन्धानरत पक्षसँग अनुरोध गर्दछु ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  ५ : ४४ बजे

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय

वर्षायामको आगमनसँगै सौराहामा घटे पर्यटक

चितवन– पर्यटकीय नगर सौराहामा विगत २५ वर्षदेखि व्यवसाय गर्दै आएका

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको