उपनिर्वाचनका लागि कांग्रेसले खटायो प्रतिनिधि « Khabarhub

उपनिर्वाचनका लागि कांग्रेसले खटायो प्रतिनिधि


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- नेपाली काङ्ग्रेस कास्कीले कास्की क्षेत्र नं २ को उपनिर्वाचनलाई लक्ष्य गरी प्रतिनिधि खटाएको छ ।

जिल्ला कार्यसमितिको आजको बैठकले निर्वाचनलाई लक्ष्य गरी पार्टीलाई शसक्त र प्रभावकारी बनाएर परिचालन गर्न निर्वाचन क्षेत्रअन्तर्गत पोखरा महानगरपालिका–११ मा प्रतिनिधि खटाइएको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए ।

पोखरा महानगरपालिका–१७ मा सभापति कृष्ण केसी, २० मा उपसभापति आइबहादुर गुरुङ, ११ मा सचिव सुदीपमोहन भट्टराई, २१ मा सचिव देवेन्द्र रानाभाट, ४ मा कोषाध्यक्ष लक्ष्मी पाण्डे र पोखरा–७ मा सहसचिव रङ्गिला आचार्यलाई प्रतिनिधि तोकिएको छ ।

यस्तै पोखरा–१५ मा क्षेत्रीय सभापति पोषनाथ शर्मा, ९ मा क्षेत्रीय सभापति माधवप्रसाद बास्तोला, १६ मा क्षेत्रीय सभापति विजयराज आचार्य, ८ मा महानगर सभापति बजिरमान श्रेष्ठ र ३३ मा महानगर सहसभापति राजेन्द्रमणि लामिछानेलाई प्रतिनिधि तोकेको छ ।

बैठकले पहिलो चरणको जनजागरण अभियानका क्रममा प्राप्त सुझाव अध्ययन गरी प्रतिवेदन तयार पार्न सचिव देवेन्द्र रानाभाटको संयोजकत्वमा गठित समितिले जिम्मेवारी पूरा गरेको भन्दै धन्यवाद ज्ञापन गरेको छ ।

कास्की काङ्ग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा सम्पन्न बैठकले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले साउन ३१ र ३२ गते पोखरामा आयोजित प्रशिक्षण सफल बनाउन योगदान गरेको भन्दै पोखरा १७ कार्य समितिप्रति धन्यवाद व्यक्त गरेको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  ९ : १५ बजे

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये

गर्भावस्थामा यी तिन खानेकुरा नखाएकै राम्रो 

काठमाडौं– कफीः कफीमा क्याफिन भन्ने तत्त्व हुन्छ । गर्भवती आमाले कफी