धार्मिक अनुष्ठानका साथ गौरा भित्र्याइयो « Khabarhub

धार्मिक अनुष्ठानका साथ गौरा भित्र्याइयो


५ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- सुदूरपश्चिम प्रदेशका गौरा घर र मन्दिरमा विहीबार धार्मिक अनुष्ठानका साथ गौरा भित्र्याइएको छ । व्रत बसेका महिलाको समूहले धान, साउँ, कुस, अपामार्गलगायत बोटबिरुवा प्रयोग गरी गौरादेवीको प्रतिमा तयार पारेर धार्मिक अनुष्ठानका साथ गौरा भित्र्याएका हुन् ।

घर नजिकको खेतमा गई सामूहिक रुपमा ‘फाग’ गीत गाउँदै यो प्रतिमा तयार पार्ने गरिन्छ । गौरा भित्र्याउने आजको दिनलाई स्थानीय भाषामा ‘ठूली गौरा’ भित्र्याउने दिनको रुपमा लिइन्छ । प्रदेश सरकारले भदौ ६ गते प्रदेशमा गौरा पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ । गौरा भित्र्याइसकेपछि व्रतालु महिलाले सामूहिक रुपमा गौरी भगवती र महेश्वर(शिव) भगवान्को पूजा अर्चना गर्ने गर्दछन् ।

पूजा गर्दा अक्षताका रुपमा प्रयोग हुने ‘बिरुडा’ (पाँच थरीका गोडागुडी)को विशेष महत्व छ । ‘बिरुडा’ लाई गौरा र महेश्वरको प्रसादको रुपमा ग्रहण गर्ने परम्परा छ । पूजाको काम सकिएपछि छरछिमेकमा प्रसादको रुपमा बाँडिने बिरुडालाई पकाएर खाने चलन छ । बिरुडा खाँदा पेटसम्बन्धी रोग निको हुने जनविश्वास छ । भाद्र पञ्चमी तिथिका दिन धार्मिक अनुष्ठानका साथ प्रत्येक घरमा तामाको भाँडामा बिरुडा भिजाएर राखिन्छ । बिरुडा भिजाएको दिनदेखि नै औपचारिक रुपमा गौरा पर्व शुरु भएको मानिन्छ ।

पूजाको काम सकिएपछि हरेक दिन महिला र पुरुष छुट्टाछुट्टै रुपमा गोलबन्द भई चैत, धमारी, देउडा खेलेर रमाइलो गरिन्छ । पौराणिक कालमा हिमालयकी सुपुत्री पार्वतीले भगवान् शिवलाई पतिको रुपमा पाउन गरिएको व्रतको फलस्वरुप पार्वतीको मनोकांक्षा पूरा भएकोले सोही बेलादेखि गौरा पर्व मनाउने गरिएको किंवदन्ती छ ।

गौरा सर्वशक्तिमान भएको विश्वासमा यो पर्व मनाउन थालिएको भनाइ छ । यो पर्वले एक ठाउँमा भेला हुने अवसर प्रदान गरी आपसी सद्भाव सुदृढ गराउन मद्दत पुग्ने तथा इष्टकूल देवता खुशी हुने विश्वास गरिन्छ । अनुकूल तिथिका दिन गौराको प्रतिमा विसर्जन गरिन्छ ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहीबार  १० : ३० बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै