दुई अध्यक्ष ओली र प्रचण्डकै गुटगत स्वार्थका कारण टुंगिएन नेकपाको एकताप्रक्रिया « Khabarhub

दुई अध्यक्ष ओली र प्रचण्डकै गुटगत स्वार्थका कारण टुंगिएन नेकपाको एकताप्रक्रिया


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तत्कालनी नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी नेकपाको तल्लो तहसम्म एकीकरण र केन्द्रीय सदस्यको कार्यविभाजन अध्यक्षद्वयकै कारण हुन नसकेको गुनासो पार्टीभित्रैबाट उठ्न थालेको नागरिक दैनिकमा खबर छ ।

पछिल्लो स्थायी कमिटी बैठकमा सदस्यहरुले ‘एक व्यक्ति एक जिम्मेवारी’को कापदण्ड कार्यान्वयनमा जोड दिएपछि अध्यक्षद्वयले आफूनिकट व्यक्तिहरु जिम्मेवारीमुक्त हुने भयले केन्द्रीय सदस्यको कार्यविभाजन, पोलिटव्युरो गठन र तल्लो तहमा एकता कार्यदल बनाएपनि त्यसले काम गर्न सकेन ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको गुटगट स्वार्थका कारण एकताप्रक्रिया पछि धकेलिएको दावी गरिएको छ । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पख र हेर नीतिमा रहेका कारण पनि एकता प्रक्रिया अघि बढ्न नसकेको नेकपाकै नेताहरुले बताएका छन् ।

राजगुठी कमलपोखरी यसरी भयो व्यक्तिको शीर्षमा लेखिएको समाचारमा सत्ता र शक्तिको दूरुपयोग गरी राणाहरुले कमलपोखरी हडपेका थिए । भगवान बहालको पोखरी र जग्गा राणाले तर्साएर लिएको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  ६ : ३५ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने