संवैधानिक नियुक्तिको सम्मान, सरकारी निकायका भ्रष्टचार रुप « Khabarhub

संवैधानिक नियुक्तिको सम्मान, सरकारी निकायका भ्रष्टचार रुप


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–राजधानी काठमाडौंबाट आज(शुक्रबार) प्रकाशित दैनिक पत्रिकाले संवैधानिक नियुक्तिलाईए प्रभावकारी बनाउन चाल्नुपर्ने कदम, सरकारी निकायमा हुने भ्रष्टाचारका रुप र त्यसले निम्लाउने समस्यालगायतका विषयलाई समेटेर सम्पादकीय तयार पारेका छन् । आजको पत्रिकाको सम्पादकीयमा कसले के लेख्या :

संवैधानिक नियुक्तिको सम्मान शीर्षकमा नागरिकले लेखेको सम्पादकीयमा संवैधानिक परिषदबाट भएका नियुक्तीमा बारम्बार दोहोरिने प्रवृत्ति एउटै छ । सही व्यक्तिको छनोट नहुनु । सैवैधानिक निकायमा हुने नियुक्तिलाई उम्दा बनाउउने उद्देश्यले संवैधानिक परिषदको व्यवस्था गरिएको हो । जथाभावी मानिस नियुक्त हुने र तिनले गरेको खराबीलाई सफा गर्दै बस्नुपर्ने अहिलेसम्मको परिस्थितिमा सुधार आउन सकेन भने हाम्रो पद्धतिमाथि नै प्रश्न उठ्न थाल्छ । यसले सर्वसाधारणमा वितृष्णा ल्याउन नपाओस् भन्नेमा नेतृत्व सजग हुनुपर्छ ।

कान्तिपुर दैनिकले ‘जसरी पनि अस्ट्रेलिया’को दुष्परिणाम शीर्षकमा छापेको सम्पादकीयमा नेपाली समाजमा अध्ययनको बाहाना बनाएर जसरी पनि अस्ट्रेलिया जाने भन्ने मानसिकताले अहिले अस्ट्रेलियामा नेपाली विद्यार्थी अलपत्र परेको समस्या सिर्जना भएको उल्लेख गरेको छ । यस्तो समस्याबाट बच्न विद्यार्थी स्वयं सचेत हुनुपर्छ । केवल भिसा लगाउन मात्रै विदार्थी बन्ने बाहना गर्नुहुँदैन । विश्वविद्यालयको विश्वसनीयता हेरेरमात्रै जानुपर्छ । अहिलेसम्म एक विद्यार्थीले २० हजार अस्ट्रेलियन डलर कलेजलाई बुझाएका छन् । नेपाली दूतावासले उक्त रकम फिर्ता गराउन कूटनीतिक पहल गर्नुपर्छ सम्भव भएसम्म क्रेडिट ट्रान्सफरका लागि पनि कूटनीतिक तवरबाट बाटो खोजिनुपर्छ ।

सरकारी निकायका भ्रष्टचार रुप शीर्षकमा राजधानीले लेखेको सम्पादकीयमा संघीय शासन प्रणालीमा पनि सरकारी कार्यालयमा हुने विभिन्न प्रकारका अनियमितता र भ्रष्टाचार रोक्न सकिएन भने संघीय शासन प्रणालीले आत्मसाथ गरेका शासकीय प्रणालीका मूल्य र मान्यता जनतासमक्ष पुर्‍याउन निक्कै कठिन हुनेछ । र आमजनताले संघीय शासनको अनूभूति नै गर्न पाउने छैनन् । त्यसैले पनि सरकारी कार्यालयमा हुने सबैखाले भ्रष्टाचार र अनियमिततालाई नियन्त्रण गरी आमजनतामा सुशासनको अनुभूति दिन अब ढिलाई गर्नुहुँदैन ।

विदेशी मुद्रा सञ्चिति खतराको घण्टी शीर्षकमा अन्नपूर्ण पोस्टले लेखेको सम्पादकीयमा विदेशी मुद्रा सञ्चिति कमजोर हुँदै गए भोलि आयातको भुक्तानी राफसाफका लागि समेत हामीले अन्तराष्ट्रिय मुद्रा कोष गुहार्नुपर्ने अवस्था आउन सक्छ । जुन नेपाली अर्थतन्त्रका लागि भयावह अवस्था हुनसक्छ । त्यसकारण विदेशी मुद्रा सञ्चिति बलियो बनाउन सरकारले विशेष ध्यान दिनपर्छ लेखिएको छ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  ७ : ५६ बजे

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी 

काठमाडौं– मन्त्रिपरिषद्को बैठक जारी छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को

आमिर खानका भाञ्जा इमरान खानलाई भारत छाड्न निर्देशन

काठमाडौं– बलिउड अभिनेता आमिर खानका भाञ्जा तथा अभिनेता इमरान खान

नागरिकले प्रहरीलाई आफ्नो संरक्षक अनुभूति गर्नुपर्छ : मुख्यमन्त्री थापा

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकले प्रहरीलाई आफ्नो संरक्षकका

कांग्रेसको १५औँ महाधिवेशनको सबै मतगणना सम्पन्न

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

काठमाडौं महानगरले भन्यो- सफाइ कर्मचारी दसैँ मनाउन गए, कात्तिक १, ३ र ४ गतेको फोहर घरैमा राख्नू

काठमाडौं– काठमाडौँ महानगरपालिकाले कात्तिक १, ३ र ४ गतेको फोहर