दुर्घटनामा परेका प्रदेशसभा सांसद उत्तरकुमार ओलीको निधन « Khabarhub

दुर्घटनामा परेका प्रदेशसभा सांसद उत्तरकुमार ओलीको निधन


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रदेशसभा सांसद उत्तरकुमार ओलीको निधन भएको छ । सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारका क्रममा आज (शुक्रबार) बिहान १ बजे निधन भएको हो । उनको ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको कै क्रम निधन भएको हो।

सांसद ओली गत माघ २४ गते दाङको लमही घोराही सडक खण्डमा सवारी दुर्घटनामा परेका थिए । दुर्घटनामा गम्भीरर घाइते भएका उनको बाँकेको कोहलपुर अस्पतालमा प्राथमिक उपचार गरी थप उपचार गर्न काठमाडौं ल्याइएको थियो ।

नेकपा जिल्ला कमिटी दाङका सदस्य ओली दाङको क्षेत्र नम्बर ३ ‘ख’बाट निर्वाचित सांसद रहेको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले खबरहबलाई जानकारी दिए ।

मृतक ओलीको शव श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा राखिने छ ।

सबैका प्रिय थिए ओली

दाङको क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले ओलीको निधनले दाङसहित सिंगो देशले राम्रो नेता गुमाएको बताए ।

खबरहवसँग कुराकानी गर्दै चौधरीले पश्चिम दाङमा छोटो समयमै सबैको मत जित्न सक्ने नेताका रुपमा आफूले ओलीलाई लिएको बताए ।

नयाँ र सिर्जनात्मकताबाट आफ्नो गाउँ आफैं बनाउँ भन्ने सोच भएका नेता ओली बालबालिका, युवा, पौढ तथा वृद्धवृद्धा सबैका लागि प्रिय नेताका रुपमा चिनिन्थे । ओलीको निधनले पश्चिम दाङको एउटा चम्किलो तारा गुमेको महशुस भएको चौधरीले बताए ।

तत्कालीन नेकपा एमालेका दाङ अध्यक्ष नरुलाल चौधरीले पनि नेकपाले एक क्रियाशील र जुझारु युवा नेतालाई गुमाएको बताए । पार्टीका जिल्ला कमिटीका सचिवालय सदस्य तथा क्षेत्र नम्बर ३ का इन्चार्ज ओली पश्चिम दाङको एउटा ठूलो खम्बा नै रहेको बताए ।

उनले छोटो समयमै सबै जनताको मत जितेको बताए । ओलीको निधनले पार्टीमा अपूरणीय क्षति पुगेको चौधरीले बताए ।

मृतक ओलीकी श्रीमती तथा ११ र ९ वर्षका दुई छोरा छन् ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  ८ : ४६ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल