दुर्घटनामा परेका प्रदेशसभा सांसद उत्तरकुमार ओलीको निधन | Khabarhub Khabarhub

दुर्घटनामा परेका प्रदेशसभा सांसद उत्तरकुमार ओलीको निधन


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रदेशसभा सांसद उत्तरकुमार ओलीको निधन भएको छ । सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारका क्रममा आज (शुक्रबार) बिहान १ बजे निधन भएको हो । उनको ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको कै क्रम निधन भएको हो।

सांसद ओली गत माघ २४ गते दाङको लमही घोराही सडक खण्डमा सवारी दुर्घटनामा परेका थिए । दुर्घटनामा गम्भीरर घाइते भएका उनको बाँकेको कोहलपुर अस्पतालमा प्राथमिक उपचार गरी थप उपचार गर्न काठमाडौं ल्याइएको थियो ।

नेकपा जिल्ला कमिटी दाङका सदस्य ओली दाङको क्षेत्र नम्बर ३ ‘ख’बाट निर्वाचित सांसद रहेको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले खबरहबलाई जानकारी दिए ।

मृतक ओलीको शव श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा राखिने छ ।

सबैका प्रिय थिए ओली

दाङको क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले ओलीको निधनले दाङसहित सिंगो देशले राम्रो नेता गुमाएको बताए ।

खबरहवसँग कुराकानी गर्दै चौधरीले पश्चिम दाङमा छोटो समयमै सबैको मत जित्न सक्ने नेताका रुपमा आफूले ओलीलाई लिएको बताए ।

नयाँ र सिर्जनात्मकताबाट आफ्नो गाउँ आफैं बनाउँ भन्ने सोच भएका नेता ओली बालबालिका, युवा, पौढ तथा वृद्धवृद्धा सबैका लागि प्रिय नेताका रुपमा चिनिन्थे । ओलीको निधनले पश्चिम दाङको एउटा चम्किलो तारा गुमेको महशुस भएको चौधरीले बताए ।

तत्कालीन नेकपा एमालेका दाङ अध्यक्ष नरुलाल चौधरीले पनि नेकपाले एक क्रियाशील र जुझारु युवा नेतालाई गुमाएको बताए । पार्टीका जिल्ला कमिटीका सचिवालय सदस्य तथा क्षेत्र नम्बर ३ का इन्चार्ज ओली पश्चिम दाङको एउटा ठूलो खम्बा नै रहेको बताए ।

उनले छोटो समयमै सबै जनताको मत जितेको बताए । ओलीको निधनले पार्टीमा अपूरणीय क्षति पुगेको चौधरीले बताए ।

मृतक ओलीकी श्रीमती तथा ११ र ९ वर्षका दुई छोरा छन् ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  ८ : ४६ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार