प्रतिनिधिसभाको आजको बैठकमा खानेपानीमन्त्रीसँग सवालजवाफ « Khabarhub

प्रतिनिधिसभाको आजको बैठकमा खानेपानीमन्त्रीसँग सवालजवाफ


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको बैठक आज (शुक्रबार) बस्दैछ । दिउँसो १ बजेपछि संघीय संसद सचिवालयमा बैस्ने बैठकमा संसदमा बुधबार पेश गरिएको ‘सूचना प्रविधि विधेयकबारे विचार गरियोस्’ भन्ने प्रस्ताव सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले राख्ने कार्यसूची छ ।

त्यस्तै बैठकमा खानेपानी तथा सरसफाइ मन्त्री विना मगरसँग सांसदको सवाल रहनेछ ।
मन्त्री मगरले सांसदले उठाएका प्रश्नको उत्तर दिने छन्।

सवालजवाफमा खानेपानी मन्त्रालयसँग सम्बन्धित मेलम्ची खानेपानी आयोजना, खानेपानी मन्त्रालयका सचिवको सरुवा तथा सचिवाले मन्त्रीलाई लगाएको आरोप लगायतका विषय मन्त्री मगरमाथि सांसदले सोध्ने अनुमान गरिएको छ ।

त्यस्तै प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक आज (शुक्रबार) बस्दैछ । बिहान ११ बजेका लागि तय भएको बैठक सार्वजनिक लेखा समितिको सचिवालमा बस्दैछ ।

आजको बैठकमा नेपाल वायु सेवा निगमको विमान मर्मत सम्बन्धी टेन्डरका विरुद्ध परेको उजुरीका विषयमा छलफल गरिनेछ ।

त्यस्तै प्रतिनिधिसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक पनि आजै बस्दैछ । साढे ११ बजेपछि बस्ने बैठकमा विज्ञापन (नियमन गर्ने) विधेयक २०७५ माथि छलफलका साथै अन्य विषयमा पनि छलफल हुने कार्ययोजना छ।

आजै बस्ने कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूउपयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ माथि दफावार छलफल हुनेछ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  १० : ३५ बजे

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज ३१ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा