मलेसियाका रोजगारदाताले आप्रावासी श्रमिकको कोटा नघटाउने « Khabarhub

मलेसियाका रोजगारदाताले आप्रावासी श्रमिकको कोटा नघटाउने


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मलेसियाका मानव संशाधन मन्त्री एम कुलासेगरनले मलेसियाका ठूला रोजगारदाता कम्पनीले विदेशी कामदारको कोटा नघटाउने बताएका छन् । पछिल्लो समय मलेसियाका रोजगारदाता कम्पनीले सन् २०१९ भित्र ३० हजार नागरिकले रोजगारी गुमाउने अवस्था सिर्जना हुने चेतावनी दिइरहेको बेला मन्त्री कुलासेगरनले मलेसियाले रोजगारीका अवसर घटाउने भन्दा अझै धेरै सिर्जना गर्ने बताएका छन् ।

मलेसियन रोजगारदाता महासंघले सन् २०१९ भित्र रोजगारीलाई व्यवस्थीत नगरे मलेसियामा ३० हजार रोजगार कटौती हुने चेतावनी दिएको थियो ।

महासंघले मलेसियामा सन् २०१८ मा २४ हजार मलेसियन नागरिक बेरोजगार रहेको जनाएको थियो । ती नागरिकलाई विदेशी श्रमिकको कोटा काटौती गरेर रोजगार दिनुपर्ने सुझाव महासंघले सरकारलाई दिएको थियो ।

यसको खण्डन गदै कुलासेगरनले भने,‘यो वर्ष थप रोजगारीका अवसर सरकारले सिर्जना गरेको छ । बेरोजगारी दर चिन्ताजनक छैन यसमा आत्तिनुपर्ने अवस्था छैन ।’

मलेसियामा न्यून पारिश्रमिक आकर्षक नहुँदा मलेसियन नागरिक रोजगारीको खोजीमा तेस्रो देश जाने गरेका छन् । आफ्ना नागरिकलाई स्वदेशमा नै टिकाउन मलेसियाले गतबर्षदेखि प्रयास सुरु गरेको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  ११ : ४१ बजे

बूढीगण्डकीको बाढीले चुमनुब्रीका ३५ घर बगायो

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङ्गिलुङ खोलाबाट आएको बूढीगण्डकीको

गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको भीषण बाढी, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

काठमाडौँ– गोरखाको बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको भीषण बाढी आएको

देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस उपसभापतिमा चन्द्रकान्त भण्डारी (६४३) र मधु आचार्य (३६२) अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत पदाधिकारीलगायत केन्द्रीय सदस्यका लागि

झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

काठमाडौँ– दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौँ उपत्यकाका विभिन्न मठमन्दिर