बारामा प्रभु बैंकको नयाँ एक्स्टेन्सन काउन्टर « Khabarhub

बारामा प्रभु बैंकको नयाँ एक्स्टेन्सन काउन्टर


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रभु बैंकले बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगल लिमिटेडको परिसरमा नयाँ एक्स्टेन्सन काउण्टर स्थापना गरी सञ्चालनमा ल्याएको छ । बैंकले बिहीबार अमलेखगञ्जस्थित नेपाल आयल निगमको परिसरमा बैंकको एक्स्टेन्सन काउण्टरको सुरुवात गरेको हो ।

बैंकको एक्स्टेन्सन काउण्टर उद्घाटन गर्दै नेपाल आयल निगम अमलेखगञ्जका क्षेत्रीय प्रमुख प्रदिपकुमार यादवले अब पेट्रोलियम पदार्थको कारोबार गर्ने डिलर्सहरुलाई पेट्रोलियम पदार्थको कारोबार गर्न सहज हुने बताए ।

कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले अमलेखगञ्जस्थित नेपाल आयल निगमको ईन्धन डिपोसँग कारोबार गर्ने पेट्रोलियम व्यवसायीहरुको सुविधालाई मध्येनजर गर्दै बैंकले एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको बताए ।

एक्स्टेन्सन काउण्टर सञ्चालनसँगै अब हरेक पेट्रोलियम व्यवसायीले नगद बोकेरै आउनु नपर्ने, प्रभु बैंकको जुनसुकै शाखा कार्यालयबाट नेपाल आयल निगम अमलेखगञ्जको खातामा निःशुल्क रुपमा रकम जम्मा गरी पेट्रोलियम पदार्थको कारोबार गर्न सकिने व्यवस्था बैंकले मिलाएको छ ।

बिहीबारदेखि सञ्चालनमा आएको बैंकको एक्स्टेन्सन काउण्टरबाट नेपाल आयल निगमको अमलेखगञ्जस्थित ईन्धन डिपोमा पेट्रोलियम पदार्थको कारोबार गर्ने सम्पूर्ण व्यवसायीहरु, अन्य सर्वसाधारणहरु, उद्यमी व्यवसायीहरुले पनि आफ्नै टोल छिमेकमै रहेको प्रभु बैंकको बैंकिङ्ग सेवा सहज रुपमा उपभोग गर्न सक्नेछन् ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  ११ : ४६ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर