वीर अस्पतालमा लिफ्ट चुडिँदा दुईजनाको मृत्यु « Khabarhub

वीर अस्पतालमा लिफ्ट चुडिँदा दुईजनाको मृत्यु


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वीर अस्पतालको निर्माणाधीन भवनको लिफ्ट चुडिँदा दुईजना कामदारको मृत्यु भएको छ भने एकजना गम्भिर घाइते भएका छन् ।महानगरीय प्रहरी परिसरका एसपी अशोक सिंहका अनुसार, बिहीवार बेलुका करिब साढे ७ बजे लिफ्ट चुडिँदा त्यसैमा काम गर्दै गरेका तीन जना मजदुर घाइते भएका थिए ।

घाइते तीनजना मध्ये दुइजनाको उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा सप्तरीका नविन चौधरी र भूमीकुमार चौधरी रहेका छन् ।

घाइते सोभितकुमार चौधरीको भने राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । लिफ्ट के कारणले चुँडियो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  १ : ३९ बजे

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच