‘पार्टी एकता कार्यदललाई सचिवालयले भङ्ग गर्न मिल्दैन’ « Khabarhub

‘पार्टी एकता कार्यदललाई सचिवालयले भङ्ग गर्न मिल्दैन’


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पार्टी एकताको विषयमा सुझाव दिन गठित कार्यदल भंग गर्ने निर्णय सचिवालय बैठकले गरेपछि कार्यदलका सदस्यले आपत्ति जनाएका छन् ।

शुक्रवार बसको सचिवालय बैठकले कार्यदल भंग गर्ने निर्णय गरेसँगै कार्यदलका सदस्य योगेश भट्टराईले सचिवालयले कार्यदल भंग गर्न नमिल्ने बताएका छन् ।

नेता योगेश भट्टराईले स्थायी समितिले कार्यदल गठन गरेको भन्दै सचिवालय बैठकले कार्यदल भंग गर्न नमिल्ने बताए ।
‘कार्यदल सचिबालय होइन स्थायी समितिले गठन गरेको हो,’ नेता भट्टराईले भने,‘त्यसकारण कार्यदललाई सचिबालको बैठकले कार्यल भङ्ग गर्न मिल्दैन ।’

नेता भट्टराईले कार्यदलको बैठक नै बस्न नसकेको जसका कारण पार्टी एकतामा देखिएका समस्याका बारेमा छलफल गर्न समस्या भएको बताए ।

विहीबार बसेको सचिवालय र कार्यदलको संयुक्त बैठकमा कार्यदलका सदस्यहरुले एक साताको लागि कार्यदलको म्याद थप गर्न माग गरेका थिए । तर पार्टी अध्यक्ष केपी ओली कार्यदलको म्याद थप नगर्ने पक्षमा देखिएका थिए ।

सचिवालयमा माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायतका नेताहरु कार्यदललाई एक साताको थप समय दिनुपर्ने पक्षमा थिए तर उनीहरुको फरक मतका बाबजुद सचिवालय सदस्य रामबहादुर थापाको संयोजकत्वमा पुस १२ गने गठन भएको कार्यदल भंग भएको हो । एकताको बाँकी काम अब सचिवालयले नै गर्ने छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  २ : ५९ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको