पीएसएलको डेब्यु खेलमा सन्दीपले लिए ३ विकेट | Khabarhub Khabarhub

पीएसएलको डेब्यु खेलमा सन्दीपले लिए ३ विकेट


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तान सुुपर लिग (पीएसएल) को लाहोर कलान्दरबाट खेलीरहेका नेपाली राष्ट्रिय टोलीका लेगस्पिनर सन्दीप लामिछानेले मुल्तान सुल्तानविरुद्धको खेलमा ३ विकेट लिएका छन् ।

यूएईस्थित सारजहा त्रिकेट मैदानमा भइरहेको खेलमा सन्दीपले ४ ओभरमा ४६ रन खर्चेर ३ विकेट लिएका हुन् । उनले पहिलो विकेटका रुपमा लाहोरविरुद्ध आक्रमक ब्याटिङ गरिहरहेका जेम्स भिन्सलाई फकर जमानबाट क्याच गराएका थिए । भिन्सले लाहोरविरुद्ध ४१ बलमा ८४ रन बनाएका थिए ।

पहिलो ओरभमा १७ रन खर्चिएका सन्दीपले दोस्रो, तेस्रो र आफ्नो अन्तिम ओभरमा लगातार विकेट लिएका थिए । सन्दीपले दोस्रो विकेटका रुपमा १० रनमा खेलिरहेका शोयब मलिकलाई डेभिड वीसको हातबा क्याच गराएका थिए ।

सन्दीपले तेस्रो विकेटका रुपमा सुल्तानका ब्याट्सम्यान आन्द्रे रुसेललाई ‘कट एन्ड बोल्ड’ आउट गरे । डेब्यु खेलमा राम्रो गरेका सन्दीप एक्लैले टिमका लागि ३ विकेट लिँदै सुल्तानललाई केही दवाव सिर्जना गरे ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  ६ : ५५ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार