पीएसएलको डेब्यु खेलमा सन्दीपले लिए ३ विकेट « Khabarhub

पीएसएलको डेब्यु खेलमा सन्दीपले लिए ३ विकेट


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तान सुुपर लिग (पीएसएल) को लाहोर कलान्दरबाट खेलीरहेका नेपाली राष्ट्रिय टोलीका लेगस्पिनर सन्दीप लामिछानेले मुल्तान सुल्तानविरुद्धको खेलमा ३ विकेट लिएका छन् ।

यूएईस्थित सारजहा त्रिकेट मैदानमा भइरहेको खेलमा सन्दीपले ४ ओभरमा ४६ रन खर्चेर ३ विकेट लिएका हुन् । उनले पहिलो विकेटका रुपमा लाहोरविरुद्ध आक्रमक ब्याटिङ गरिहरहेका जेम्स भिन्सलाई फकर जमानबाट क्याच गराएका थिए । भिन्सले लाहोरविरुद्ध ४१ बलमा ८४ रन बनाएका थिए ।

पहिलो ओरभमा १७ रन खर्चिएका सन्दीपले दोस्रो, तेस्रो र आफ्नो अन्तिम ओभरमा लगातार विकेट लिएका थिए । सन्दीपले दोस्रो विकेटका रुपमा १० रनमा खेलिरहेका शोयब मलिकलाई डेभिड वीसको हातबा क्याच गराएका थिए ।

सन्दीपले तेस्रो विकेटका रुपमा सुल्तानका ब्याट्सम्यान आन्द्रे रुसेललाई ‘कट एन्ड बोल्ड’ आउट गरे । डेब्यु खेलमा राम्रो गरेका सन्दीप एक्लैले टिमका लागि ३ विकेट लिँदै सुल्तानललाई केही दवाव सिर्जना गरे ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  ६ : ५५ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी