पूर्व फोर्स कमाण्डरलाई नेपाली सेनाबाट ‘हल अफ फेम’ सम्मान « Khabarhub

पूर्व फोर्स कमाण्डरलाई नेपाली सेनाबाट ‘हल अफ फेम’ सम्मान


१० फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा पूर्व फोर्स कमाण्डरहरुलाई ‘हल अफ फेम’ सम्मान गरिएको छ । वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रले स्थापना गरेको हल अफ फेममा प्रधानसेनापति पूर्णचन्द्र थापाले पूर्व फोर्स कमाण्डरहरुको तस्वीर अनावरण समेत गरेका थिए ।

सम्मानित हुनेहरुमा अवकासप्राप्त रथी कृष्ण नारायण सिंह थापा, रथी भिक्ट्री शम्शेर जबरा, रथी बालानन्द शर्मा, रथी पवन जंग थापा र हालका प्रधानसेनापति पूर्णचन्द्र थापा रहेका छन् ।

संसारका धेरै देशले आ–आफ्नो तालिम केन्द्र, प्रतिष्ठान तथा कलेजहरुबाट तालिम प्राप्त गरेका स्वदेशी तथा विदेशी शिक्षार्थीहरुमध्ये उच्च पद हासिल गर्न सफल भएका व्यक्तिहरुको तस्वीरलाई हलमा राखी सम्मान प्रकट गर्ने प्रचलन अनुरुप नै नेपाली सेनाले पनि सैनिक प्रतिष्ठान खरिपाटीबाट ऐकेडेमी हल अफ फेमको शुरुवात गरेको जनाएको छ ।

समारोहमा रक्षा सचिव, बलाधिकृत रथी, बलाध्यक्ष रथी, नेपाली सेनाका अवकाश प्राप्त तथा वहालवाला रथीहरु, शान्ति सेना निर्देशनालयका पूर्व निर्देशकहरु, वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रका केन्द्रपतिहरु, नेपाल प्रहरीका प्रतिनिधि लगायत नेपाली सेनाका अधिकृतहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार  ७ : १२ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार